वेदकोटमा साताव्यापी लागुऔषध एवं दुर्व्यसनी विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको वेदकोटमा लागुऔषध तथा दुर्व्यसनी विरुद्धको साताव्यापी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।

वेदकोट नगरपालिकाको आर्थिक सहयोग र महिला तथा बालबालिका संरक्षण संजालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । वेदकोट नगरपालिका भित्रका रहेका १० वटा महत्त्वपूर्ण सामुदायिक विद्यालयमा उक्त कार्यक्रम गरिएको हो ।

जिल्लामा लागुऔषध दुर्व्यसनीमा लाग्नेको संख्या बढदै गईरहेको अवस्थामा यसलाई न्युनिकरण गर्नकालागि सरोकारवाला निकायसंग छलफल गरिएको उक्त संस्थाका अध्यक्ष निर्मला चटौत जोशीले बताइन् ।

उक्त कार्यक्रम अन्र्तगत वेदकोटमा रहेका सामुदायिक विद्यालयहरुमा जनचेतना मुलक कार्यक्रम, सडक नाटक प्रदर्शन समेत गरिएको छ । कार्यक्रमका माध्यमबाट समुदायमा रहेका विद्यार्थीका आफन्त एवं अभिभावकहरुलाई समेत लागु औषध न्यूनिकरणका लागि जनचेतना फैलाइएको अध्यक्ष जोशीले बताइन् ।

कार्यक्रमका विशिष्ट अतिथी एवं वेदकोटकी नगर उपप्रमुख तुलसी जोशीले पालिकाले दिएको लक्ष्य अनुरुप सञ्जालले थोरै बजेटमा पनि राम्रो कार्यक्रम सम्पन्न गरेको बताइन् ।

लागु औषध दुर्व्यसमा १४ देखि २४ वर्षका बालबािलकाहरु बढी प्रयोगकर्ता भएको जिल्ला प्रहरी कार्यालयकको तथ्याङकले देखाएको छ । यस्तो अवस्थामा अभिवावकले आफ्ना बालबालिकाहरुलाई अहिले बाटै घरदेखी सम्झाउने, उनिहरुको क्रियाकलापहरुमा ध्यान दिने, साथी संगतको बारेमा पनि जानकारी लिनु जरुरी भएकोमा नगर उप प्रमुख जोशीले जोडदिइन् ।

त्यस्तै लागुऔषध तथा दुर्व्यसनी विरुद्धको साताव्यापी सचेतना मुलक कार्यक्रम कार्यक्रमका प्रमुख अतिथी, वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले कञ्चनपुर जिल्लामा मात्रै यो लागुऔषधको समस्या नरहेको र अन्य पहाडी जिल्लामा पनि अहिले यसको असर देखिन थालेको बताए ।

मुख्य नाका भारत रहेको अवस्थामा अहिले तराई संगै पहडमा पनि मुख्य रुपमा युवायुवतीहरु प्रत्येक दिन प्रहरी हिरासतमा पुग्ने गरेको उनले बताए ।

लागुऔषध प्रयोगकर्ताहरुलाई पक्राउ गरेर जेलमा हाल्ने काम उचित नभएको उनको तर्क छ । जेलमा हालेर समस्याको सामाधान नहुने नगर प्रमुख बोहराले बताए ।

प्रयोगकर्ताहरुलाई सुधार गृहमा राखेर उनिहरुलाई सुधार्न सकिने हुँदा धनगढीमा रहेको अति सुविधा सम्पन्न सुधार गृहमा बेदकोट नगरपालिकाले पाँच लाख सहयोग गरेको उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार