Saturday, July 13, 2024

कैलालीमा खोला तर्नेक्रममा बगेर २० वर्षीय किशोरी बेपत्ता

प्रकाशित:

धनगढी । कैलालीको गौरीगङ्गा– ११ कि एक किशोरी नदीमा बगेर बेपत्ता भएकी छन्।

बुधवार कान्तिपुर टोल र ऐँठा जोड्ने पुलबाट बगेर स्थानीय २० वर्षीया सुस्मिता चौधरी बेपत्ता भएकी हुन्।

चौधरीलाई बिहान ९ बजे काठको पुल तर्ने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ। खोलामा एक्कसी पानी बढ्दा चौधरीलाई बगाएको कैलाली प्रहरी प्रवक्ता कविन्द्रसिंह बोहराले बताए।

चौधरीको अहिले खोजी भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार