Tuesday, July 23, 2024

सुदूरपश्चिममा नाउपाले आफ्ना २ मन्त्रीलाई फिर्ता बोलायो

प्रकाशित:

महेन्द्रनगर । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । नाउपा सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई सरकारबाट फिर्ता हुन पत्राचार गरेको बताएका हुन् ।

नाउपाबाट सुदूरपश्चिम सरकारमा कैलाश चौधरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्री छन् भने टीका थापाले कृषि तथा भूमि सुधार मन्त्री छिन् ।दलका नेता घनश्याम चौधरीले उनीहरू दलको निर्णयविरुद्धमा सरकारमा गएकोले फिर्ता हुन पत्राचार गरेको बताए । सो पत्रको बोधार्थ मुख्यमन्त्री कार्यालय र प्रदेश प्रमुखको कार्यालयमा पनि पेस गरेको दलको नेता चौधरीले रातोपाटीलाई बताए ।

उता प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कैलाश चौधरीले पत्रबारे अनविज्ञता व्यक्त गरे ।
उनले भने– ‘पत्रबारे मलाई थाहा छैन । अर्को कुरा कसले हामीलाई सरकारमा पठाएको छ र ? अहिले फिर्ता हुन पत्राचार गर्छन् ? पार्टीले फिर्ता हुन भनेपछि हामी तत्काल फिर्ता हुन्छौ ।’
मन्त्री चौधरी र थापा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका मानिन्छन् ।

ताजा समाचार

सम्बन्धित समाचार