Saturday, July 20, 2024

सुदूरपश्चिममा बैंकको ऋण एक खर्ब ४० अर्ब

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिममा बैंक ऋणीको संख्या झण्डै ८२ हजार पुगेको छ। २०८० पुस मसान्तसम्म कुल बैंक ऋण खाताको संख्या ८१ हजार ६७९ पुगेको हो।बैंक ऋण खाता संख्या २०७९ पुस मसान्तसम्मको तुलनामा १८ दशमलव ६३ प्रतिशतले घटेको छ।

यहाँ सञ्चालिन बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या भने बढेको छ। निक्षेप खाता संख्या १३ दशमलव ७७ प्रतिशतले बढेर ३६ लाख ३६ हजार ५११ पुगेको छ। एउटै व्यक्तिले दुई वा दुईभन्दा बढी बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता खोलेका कारण पनि यहाँको कुल जनसंख्याभन्दा बढी देखिन पुगेको हो।

बैंकहरुबाट विपन्न कर्जा लिनेको संख्या घटेको छ। यस्तो कर्जा ५ दशमलव ३२ प्रतिशतले घटेर ११ अर्ब ८ करोडमा सिमित देखिएको छ। गत वर्ष यस्तो कर्जा ४ दशमलव ३७ प्रतिशतले घटेको थियो।

यहाँ सहुलियतपूर्ण कर्जा भने बढेको छ। यस्तो कर्जा ७ दशमलव ५४ प्रतिशतले बढेर १० अर्ब ४० करोड पुगेको छ।सुदूरपश्चिममा सञ्चालित बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको छ।

ताजा समाचार

सम्बन्धित समाचार