अवैध संरचनामा भीमदत्त नगरको डोजर निरन्तर

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले अवैध संरचनामा निरन्तर डोजर लगाएर सरकारी जमिन खाली गराइरहेको छ् । गत जेठ ५ गते देखि भीमदत्त नगरपालिकाले नगरपालिका क्षेत्र भित्र सरकारी जमिन अतिक्रमण गरेर बनाएका सरचना माथि डोजर नै लगार अतिक्रमण खाली गराइरहेको हो ।

गृह मन्त्रालयको निर्णय अनुरुप जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पालिकालाई नगर विकास समितिको अतिक्रमण हटाउने दिएको जिम्मा अनुरुप पालिकाले निरन्तर जमिन खाली गराउन लागेको छ् । भीमदत्त स्थानीय सरकारले पालिका मातहत आएको तत्तकालिन महेन्द्रनगर नगर विकास समितिको अतिक्रमित तथा अवैध लिज खाली गराउन लागेको हो । अतिक्र्मित जमिन खाली गराउन शुरुवातदेखि नगर प्रवक्ता समेत रहेका भीमदत्त नगरपालिका ५ का वडाध्यक्ष पदमराज अवस्थी र नगरपालिक ४ का वडाध्यक्ष शुशिल भट्ट फिल्डमा खटिएका छन् ।

भीमदत्त नगरपालिका १६ का वडाध्यक्ष केशव विष्टले कार्यबाहक नगरप्रमुख कै जिम्मेबारी पाएका बेला खोकाछाप्रा क्षेत्रमा तीन÷तीन डोजर लगाएर हटाउने काम शुरु भएको छ् । त्यसैगरी भीमदत्त नगर प्रवक्ता पदमराज अवस्थीले पालिकाले गरेको निर्णय एवम् जिम्मेबारी अनुरुप नगर क्षेत्रको अतिक्रमित जमिन खाली गराउन लागेको बताए । प्रवक्ता अवस्थीले पहिलो चरणमा बेवारिसे, दोस्रो चरणमा अवैध लिज र अहिले तेस्रो चरणमा खोकाछाप्राका नामबाट मापदण्ड विपरित गैर कानुनी रुपमा बनाएका संरचना खाली गराउन लागेको बताए ।

अहिले हामीले तीन तीन डोजर लगाएर अतिक्रमित क्षेत्र खाली गराउन लागेका छौँ, ‘उनले भने, ‘भीमदत्त नगरको सबै अतिक्र्मित क्षेत्र खाली गछौँ ।’ कुनैपनि शक्ति आएपनि अतिक्रमित क्षेत्र खाली गराउने प्रवक्ता अवस्थीको उद्घोष छ् । नगरको सार्वजनिक सम्पत्ती सैरक्षणका लागि सबै क्षेत्रबाट सहयोग सद्भाव हुनुपर्ने अवस्थीको भनाई छ् । तर, खोकाछाप्रालाहरुले भीमदत्त नगरपालिका स्थानीय सरकारले ज्यादती गरिरहेको गुनासो पोखेका छन् । आफैले विगतमा जमिन र घर बनाउन दिने अहिले आएर भत्काउने भन्दै गुनासो पोखेका हुन् ।

कञ्चनपुर खोकाछाप्रा उद्दार समितिका अध्यक्ष देवल सिंह बिष्टले भीमदत्त नगरपालिकाले अति राजनीतिकरण एवम् गरिब विपन्न माथि दमन गरेको बताए । ‘हामीलाई उतिबेला नगर विकास समिति, त्यसपछि पनि नगर विकास समिति र मन्त्रालयले नै १५ वाई २० को घडेरी दिएर व्यवसाय गर्न दिएको थियो, ‘उनले भने, ‘अहिले आएर भीमदत्त नगरपालिकाले बखेडा झिकेर विवाद गरिरहेको छ् ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार