वेदकोटमा न्यायीक समिती र मेलमिलापकर्ताहरु बिचअन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा न्यायीक समिती र मेलमिलापकर्ताहरु बिच वार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । वेदकोट नगरपालिकाको न्यायीक समितीको आयोजनामा पालिाकामा रहेको १० वटै वडामा रहेका मेलमिलापकर्ता संयोजकहरु, सदस्यहरुको उपश्थिती रहेको थियो ।

आर्थिक वर्ष २०८०÷८१ मा भएका विवाद दर्ता, समाधान र प्रक्रियामा रहेको विषय चुनौतीहरु समस्याहरु र उपलब्धीहरुको विषयमा छलफल गरिएको थियो । सहभागीहरुले न्याय सम्पादन गर्नमा आफुहरुलाई कुनै पनि समस्या नभएको तर, साइकल, झोला, परिचयपत्र, पोशाक, लेटर प्याड,को व्यवस्थापन गरिदिन आग्रह गरेका छन् ।

कार्य सम्पादन गर्न जाँदा आफुलाई पनि उत्रदायित्व महसुस गराउनमा यी सामग्रीहरुको पनि विषेश भुमिका रहने भएकाले यस्को व्यवस्थापन भए अझै राम्रो हुने सहभागीको भनाई रहेको छ । उक्त छलफलमा लामो समयदेखी विवाद रहेका जग्गा विवाद, अंश विवाद लगायतका विषयमा मेलमिलाप गराएर सम्बन्ध सुधार गर्दा आफुलाई भित्रैदेखी गर्व महसुस हुने सहभागीहरुले बताएका छन् ।

वडा नम्वर १० मा २०६४ सालदेखी जग्गा विवाद रहेको र एक अर्का विच बोलचाल पनि बन्द भएको अवस्थामा मेललिमाप केन्द्रले दुवैविचको विवादलाई समाधान गरी सम्बन्ध सुधार गरेको बताएका छन् । वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले यो भन्दा पहिला पनि ६ महिनामा अन्तरक्रिया कार्यक्रम सम्पनन गरिसकेको र अहिले वार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनु भयो

अहिले विषेश गरेर १० वटै वडामा भएका मेलमिलापकर्ताहरुलाई न्याय सम्पादन गर्दा के कस्ता चुनौती समस्याहरु र सफलता का विषयमा छलफल भएको बताउनु भयो । सहभागहिरु उठान गर्नु भएका र आग्रह गर्नु भएका विषयलाई आगामी योजनामा समेटन सक्नेलाई सम्बोधन हुने गरी काम गरिने बताउनु भयो ।

बैधानिक रुपमा कानुन सम्बत राख्न सकिने सबै विषयमा काम गरिने बताउनु भयो । आर्थिक वर्ष २०८०÷८१ म वेदकोट नगरपालिकामा १ सय २७ वटा विवाद दर्ता भएकोमा ९२ वटा विवाद समाधान भएको र अन्य प्रक्रियामा रहेको बताउनु भयो ।

ताजा समाचार

सम्बन्धित समाचार