Sunday, July 21, 2024

बेलडाँडी गाँउपालिकामा बेथिति बढ्दै भन्दै एमालेको धर्ना

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा बेथिति बढ्को भन्दै नेकपा एमालेले धर्ना दिएको छ । एमाले बेलडाँडी गाँउ कमिटिले गाँउपालिका कार्यालयमा आइतबार धर्ना दिएको हो ।

एमाले बेलडाँडीका सचिव शंकर भट्टले पहिलो दिन साँकेतिक धर्ना दिएको र जनप्रतिनिधी नसच्चिए फेरी आन्दोलनको गर्ने चेतावनी दिए ।

एमाले कञ्चनपुरका युवा नेता कमल रोकायाले पछिल्ला दिनहरुमा बेलडाँडीका जनप्रतिनिधी विकास निर्माण भन्दा कमिसन लिप्त भएको भन्दै साँकेतिक धर्ना दिएको बताए ।

एमालेले गाँउ प्रमुख हरिशचन्द्र रानालाई समेट ज्ञापन पत्र बुझाउँदै बेथिति रोक्दै कमिसनमा लिप्त जनप्रतिनिधीमाथि लगाम लगाउन समेत माग अघि सारिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार