भीमदत्त स्थानीय सरकार बिरुद्ध खोकाछाप्रावाला मजदुर आन्दोलित

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा खोकाछाप्रा उद्दार समितिमा आबद्ध व्यवसायीले आन्दोलन शुरु गरेका छन । खोकाछाप्रा उद्दार समितिमा आबद्ध व्यवसायीले भीमदत्त नगरपालिका स्थानीय सरकारले अन्याय गर्न लागेको भन्दै आइतबारदेखि आन्दोलन शुरु गरेका हुन ।

उनीहरुले पालिको आफुहरुलाई अतिक्रमणकारीको संज्ञा दिदै ज्यादती गर्न लागेको भन्दै बाध्य भएर पालिका बिरुद्धमा मुल गेटमै नालाबाला सहित धर्नामा बसेको बताए छन । ०५३ सालमा तत्तकालिन नगर विकास समितिले जमिन दिएको भएपनि आफुहरुमाथि अन्याय गर्नका लागि अहिलेका जनप्रतिनिधी उत्साहित भएकाले बाध्य भएर आन्दोलनमा उत्रिएका हुन ।

उनीहरुले भीमदत्त नगरकै जनप्रतिनिधी, कार्यपालिका सदस्यहरुले नगरविकास समितिको जमिन लिएर अवैध सरचना बनाउन खोजिएको आफ्नालाई बचाएर अरुमाथि प्रहार गर्ने कार्य मजदुरमाथि दमन कार्य भएको आरोप लगाएका छन ।चुनावका बेला काँग्रेसी उम्मेदवारलाई जिताएर जितेपछि थप व्यवस्थापन गर्छु भन्दै झुटा आश्वासन दिने काँग्रेसी अहिले जितेपछि दमनमाउत्रिएको उनीहरुको आरोप छ ।

कञ्चनपुर खोकाछाप्रा उद्दार समितिका अध्यक्ष देवल सिह विष्टले खोकाछाप्रा मजदुरमाथि दमन नभई व्यवस्थापन गर्नुपर्ने, ०५३सालमा भएको नविसको निर्णय लागु गर्नुपर्ने, गृहको आदेश भन्दै खोकाछाप्रालाई अवैध सरचना मुच्छे काम बन्द गर भन्दै धर्नामा बसेको बताए । उनीहरुले ज्यादती गरे पालिका बिरुद्धमा शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन ।

भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले १०वाई १० बाहेकका संरचना हटाउने बताए । प्रवक्ता अवस्थीले विगतमा नगरविकास समितिले आफ्नो मापदण्ड अनुरुप दिएको जमिन एव सरचनामा डोजर नलाग्ने अन्य सरचनामाथि लगाउने बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार