महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर बजारमा प्रतिबन्धित रसायन हालेर पकाएका आँप छ्यापछ्याप्ती बिक्रि वितरण भइरहेका छन् । भारतीय बजारबाट नेपाल ल्याएका प्रतिबन्धित रसायन हालेर पकाएका आँप छ्यापछ्याप्ती बिक्रि वितरण भइरहेका हुन् ।
भारतीय बजारबाट उच्च हानिकारक रसायन राखेर पकाएका आँप अहिले जतातजै ठेलादेखि फुट सेन्टरमा समेत बिक्रि वितरण भइरहेकक छन् । महेन्द्रनगर बजारमा प्रतिबन्धित आँप बिक्रि वितरण हुन थालेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बजार अनुगमन गरेको छ् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत हरि सिँह बोहरा नेतृत्वको टोलीले महेन्द्रनगर बजारबाट ठुलो परिमाणका आँप बरामद गरेको छ् ।
खाद्य अनुसन्धान अधिकृत हरि सिँह बोहराले पंकज कुमार गुप्ताले संचालन गरेको बालाजी फुट सेन्टरबाट ५७ क्विन्ट र ८० किलो आँप बरामद गरिएको बताए । उनका अनुसार २० किलोका २८९ क्रेट आँप बरामद गरेर आइतबार नष्ट गरिएको छ् । खाद्य अनुसन्धान अधिकृत बोहराले प्रतिबन्धित रसायन कार्बर्डड राखेर पकाएका आँप स्वास्थ्यका लागि एक्दमै हानिकारक हुने भएकाले जफत गरेर नष्ट गरिएको बताए ।
जफत गरिएको आँप टिप्परमा लगेर जेसिभीले खाडल खनेर नष्ट गरिएको छ् । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, भीमदत्त नगरपालिका सहितका सरोकारवाला निकायहरु बाट बजारमा आँपको अनुगमन गरेर अखाद्य आँप बरामद गरेर नष्ट गरिएको हो ।
त्यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले रसायन नहालेरै पकाएका आँप मात्रै बिक्रि वितरण गर्न व्यवसायीलाई निर्देशन जारी गरेको छ् ।प्रतिबन्धित रसायन राखेर बनाएका आँप महेन्द्रनगरमा मात्रै नभई जिल्लाभरी बिक्रि वितरण भैरहेकाले सबै ठाँउहरुमा गएर अनुगमन गरेर नष्ट गर्न उपभोक्तालेहरुले आग्रह गरेका छन् ।