Wednesday, July 24, 2024

बैतडीको मेलौलीमा ट्याक्टर दुर्घटना

प्रकाशित:

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई बालिका घाइते भएका छन्। जिल्लाको मेलौली नगरपालिका–३ मा ट्याक्टर दुर्घटना भएको हो।

आइतबार बिहान वडा नम्बर ३ को कुजागाड सडकखण्डको तल्खेत भन्ने स्थानमा सुदूरपश्चिम प्रदेश ०२ च ००२ त ४३७० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। ट्याक्टर दुर्घटनामा परी दुई बालिका घाइते भएकी छन्।

घाइते हुनेमा करन चन्दकी ७ वर्षीया छोरी निकिता चन्द र बिरबहादुर चन्दकी ७ वर्षीया छोरी पुर्णीमा चन्द रहेकी छन्।

घाइते दुवैलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन ल्याइएको छ।

काजागाड सडकखण्डमा ढुंगा लोड गर्ने क्रममा एक्कसी ट्याक्टर अगाडी बढेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले बताए। ट्याक्टर सडकबाट सय मिटर तल खसेको हो।

ताजा समाचार

सम्बन्धित समाचार