Sunday, July 21, 2024

उपमेयर जोशीका दर्जनौं लोकप्रिय कामहरु

प्रकाशित:

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाकी नगर उप प्रमुख (उपमेयर) गंगादेवी जोशीले चालु आर्थिक वर्ष २०८०÷०८१ मा आफ्नो कार्यक्रम मार्फत दर्जनांै काम सम्पन्न गरेकी छिन् । नगर उप प्रमुख कार्यक्रम अन्र्तगत उनले दर्जनौं काम सम्पन्न गरेको बताएकी हुन् ।

नगरवासीहरुका लागि नवजात छोरीलाई जन्मने वित्तिकै तीन हजार रुपैँया बैंक खातामा जम्मा गर्ने कार्यक्रम जस्ता दर्जनौं लोकप्रिय कार्यक्रमहरु नगर उपप्रमुख जोशीले सम्पन्न गरेकी हुन् । महिला स्वास्थ्य स्वंयम सेविका कार्यक्रम, नगर उपप्रमुख महिला सीप मूलक तालिम, खेल क्षेत्रका लागि उपप्रमुख भलिवल कप जस्ता कार्यक्रमहरु सम्पन्न गरेकी हुन् ।

दोधारा चाँदनीमा नगर उपप्रमुख जोशीका अनुसार विभिन्न विकास निर्माण, सीप विकास, महिला उद्यमी लगायतका क्षेत्रमा उनले आफ्नो कार्यक्रम मार्फत काम समेत काम गरेकी छिन् । कमलशा बाबा मन्दीर समिति मार्फत बालबालिका संरक्षण कार्यक्रम, पतंजली योग शिविर सञ्चालन, सारदा सरस्वती मावि वडा नं. ४ मा वाल कक्षा व्यवस्थापन, आयुर्वेद शाखाका लागि औषधी खरिद, सुप महिला जागरण उत्थान संस्थाको अधुरो भवन निर्माण जस्ता कार्यक्रमहरु गरेको नगर उप प्रमुख जोशीले बताइन् ।

त्यस्तै उनले नगर उप प्रमुख विपन्न आवास कार्यक्रम सम्पन्न गरेकी छिन्, वडा नं. १० को वडा कार्यलय भवन निर्माण, वडा नं. ९ माघे धामीको घर नजिक पिपल चौतारा निर्माण लगायतका कार्यक्रमहरु प्रधानमन्त्री रोजगार कार्यक्रम संगको साझेदारीमा सम्पन्न गरेकी छिन् ।

नगरपालिकाको विकासमा उनले विभिन्न विभिन्न वडाका टोल तथा समुदायहरुमा सीप मुलक तालिमहरु, महिलाहरुको क्षमता विकासकालागि कार्यक्रमहरु, लागु औषध न्यूनिकरणका लागि पहल, विभिन्न संघ संस्थाहरुको भौतिक तथा संस्थागत विकासका लागि अह्म भूमिका निर्वाह गरेकी छिन् ।

महिला समुह पशुपालन अनुदान देखि आफ्नौ कार्यक्रमहरु बनाएर नताको घरदैलोमा रहेको विद्युतका तथा खानेपानीका समस्याहरु समेत समाधान गरेकी छिन् । जनताको मनोभावनालाई शिरोधार्य गरेर नगर उपप्रमुख जोशीले दोधारा चाँदनीवासीका लागि अहोरात्र खटिएर काम गरेको स्थानीय समेत बताउछन् । स्थानीय निर्वाचनका बेला जनता संग गरेका बाचा एवं प्रतिबद्धताहरु पुरा गर्दै जाने उनले बताएकी छिन् ।

आफु जनताको शासक नभई जनताको सेवक भएर काम गर्ने समेत नगर उपप्रमुख जोशीले प्रतिबद्धता व्यक्त गरेकी छिन् । जनता संग नजिक भएर काम गर्दा मात्रै उनिहरुका समस्या एवं भावनालाई समेटेर काम गर्न सजिलो हुने जोशीले बताउदै आएकी छिन् ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार