महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ मा रहेको कञ्चनजंघा ईङ्गलिस माद्यमिक विद्यालयका छात्र चेतराज बिष्टले एसइई परीक्षा २०८० मा ४ जीपीए ल्याएका छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का बिष्ट सुदूरपश्चिममै सर्वाधिक जीपीए ल्याउने छ जना भित्र परेका छन् ।

जिल्ला सदरमुकाम भन्दा टाढा रहेको कञ्चनजंघा ईङ्गलिस माद्यमिक विद्यालयबाट १०२ जना विद्यार्थी एसइई परीक्षा २०८० मा सामेल भएका थिए । जसमध्ये बिष्टले ४ जीपीए ल्याएका हुन् । उनी निकै मेहनती एवं जेहेन्दार विद्यार्थी भएको विद्यालयका प्रिन्सिपल पदम बहादुर ऐरले बताए ।

उक्त विद्यालयबाट १०२ जना विद्यार्थी एसइई परीक्षामा समाले भएकोमा ८ जनाले ‘ए प्लस’ २३ जनाले ‘ए’, २१ जनाले ‘बी प्लस’ र ९ जनाले ‘बी’ ग्रेड ल्याएर उत्तिण भएको विद्यालयका शिक्षक खगेन्द्र ओझाले बताए ।
२०४९ सालमा स्थापना भएको कञ्चनजंघा ईङ्गलिस माद्यमिक विद्यालयले अहिले क्याम्पस लेभलको पढाई गर्दै आएको छ ।