अनलाइन राजस्व भुक्तानी सम्बन्धि अभिमुखिकरण

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा आगामी आर्थिक बर्षदेखि अनलाईन राजस्व भुक्तानी बारे छलफल गरिएको छ । आर्थिक बर्ष २०८१र०८२ देखि दोधारा चादनी नगरपालिकामा लाग्ने सम्पुर्ण राजस्व अब सर्वसाधारण ले अनलाइन घर देखि नै भुक्तान गरिने भएको छ ।

अनलाइन राजस्व भुक्तानि मा हामी सफल रयौ भने दोधारा चादनी नगरपालिका देश भरीमै सातौ र सुदुरपश्चिमको पहिलो नगरपालिका हुने नगरपालिकाका योजना साखा प्रमुख भान देव भट्ट ले बताए । प्रबिधि को युग संगै प्रविधिमुलक नगरपालिका बनाउने र अनलाइन बाटै नगरपालिका को काम भए हुन्थ्यो भन्ने जिज्ञासा् अब पुर्ण हुने नगर प्रमुख किशोर कुमार लिम्बु ले बताए ।

दोधारा चाँदनीको राजश्व प्रसाशन लाई थप प्रविधी मैत्री बनाइदै लगिने राजस्व परामर्स समितिका संयोजक एवं नगर उपप्रमुख गंगा देवी जोशीले बताउनु भयो । अनलाइन राजस्व भुक्तानि कसरी गर्ने भन्ने कुरा र नेपाल भरी जुनसुकै पालिकामा कर तिर्नु परे एउटै आइडी बाट सम्पुर्ण कर तिर्न सकिने नगरपालिकाका लेखापाल गोविन्द ऐर ले भिडियो सहित प्रस्तुत गरेका थिए । दोधारा चादनी नगरपालिका लगातार ४ बर्ष बजेट समय मै सुत्र प्रणाली मा प्रवेस्टिकरण गर्ने देश भरिको पहिलो नगरपालिका बनेको उनले बताए ।

उक्त कार्यक्रममा नगरपालिका प्रमुख किशोर कुमार लिम्बू, नगर उप प्रमुख गंगा देबि जोशी, वडा न २ का अध्यक्ष पदम रावल , वडा न ३ का अध्यक्ष हरि सिङ धनाडी र दसै वडा का वडा सचीव लगायत बजार व्यवसायि हरुको उपस्थिती रहेको थियो।

 

ताजा समाचार

सम्बन्धित समाचार