Wednesday, July 24, 2024

कञ्चनपुरमा वन मुुद्दामा फरार रहेका एकजना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा वन मुुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्। जिल्लाको बेदकोट नगरपालिका–२ दैजीका मोहनजंग रोकाया आज (बिहीवार) पक्राउ परेका हुुन।

रोकायालाई अदालतले २०७३ माघ १३ गते वन अतिक्रमण गरेको आरोपमा ५ महिना ५ दिन कैद र १० हजार जरिवाना तोकेको थियो। सोहि दिनबाटै फरार रहेका उनलाई प्रहरीले आज पक्राउ गरि अदालतमा पेश गरेकोमा अदालतले कैद सजाय भुक्तानको लागि कारागार चलान गरेको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार