भीमदत्त नगरपालिकाद्वारा प्रहरीलाई सिसिटिभी क्यामेरा

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको एक स्थानीय सरकारले प्रहरीलाई सिसिटिभी क्यामेरा सहयोग गरेको छ । भीमदत्त नगरपालिकाले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई सिसिटिभी क्यामेरा सहयोग गरेको हो ।

चालु आर्थिक बर्ष ०८०÷०८१को कार्यक्रम, अनुरुप प्रहरीलाई सिसिटिभी क्यामेरा सहयोग गरेको भीमदत्त नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले बताए । प्रमुख प्रशासकीय अधिकृत बमले प्रहरीलाई हिरासतमा जडान गर्नका लागि पाँच थान क्यामेरा सेट दिएको बताए ।

भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीलाई क्यामेरा सेट हस्तान्तरण गर्दै सुरक्षाका लागि क्यामेरा दिएको बताईन् ।

उपप्रमुख लेखकले विगतमा पनि जिल्ला सदरमुकामको सुरक्षाका लागि प्रहरीलाई सिसिटिभी क्यामेरा सहितका प्राविधिक सहयोग गरेको बताईन । कञ्चनपुरका एसपी चक्रराज जोशीले बढ्दो अपराधिक गतिबिधीसंगै हिरासतको निगरानीका लागि पालिकाबाट पाईएको क्यामेराले सुरक्षामा टेवा पुग्ने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार