छाडा चौपाया व्यवस्थापनको लागी गौशाला निमार्ण गर्दै दोधारा चाँदनी नगरपालिका

प्रकाशित:

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले नगर क्षेत्रमा रहेका छाडा चौपाया (गाई-गोरु) व्यवस्थापनको लागी नगर स्तरिय गौशालाको निमार्ण कार्य सुरु गरेको छ् । छाडा छाडिएको गाई-गोरुले किसानहरुको अन्नवाली नष्ट गर्नुको साथै सवारी दुर्घटना, नगरको सौन्दर्यकरणमा पनि असर पारेको भन्दै दोधारा चाँदनी नगरपालिका– १० मा गौशाला निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिका– १० का वडा अध्यक्ष चन्द्र बहादुर सिंहले जनाएका छन् ।

दोधारा चाँदनी नगरपालिका कार्यालय, वडा नं। १० को वडा कार्यालय र शुदुरपश्चिम सरकारको सहयोगबाट नगर क्षेत्रको छाडाचौपाया ब्यवस्थापनको लागी गौशाला निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिका– १० का वडा अध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभएको छ् । ७ सय देखि १ हजार छाडाचौपाया व्यवस्थापन गर्ने क्षमता भएको गोशाला निमार्ण कार्य निमार्ण क्रममा रहेको वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभएको छ् । शुदुरपश्चिम प्रदेश सरकारबाट रु। २५ लाख, वडा कार्यालयको रु। १५ लाख रकमले निमार्ण कार्य सुरु गरिएको उहाँले बताउनुभएको छ् ।

गाई, गोरु बस्नको लागी भवन, स्वच्छ पानीको व्यवस्था, तारवार लगाएत निमार्ण गर्ने कामहरु भईरहेको छ् । आगामी आर्थिक वर्षको लागी दोधारा चाँदनी नगरपालिकाले गौशाला निमार्णको लागी रु। ११ लाख रकम बिनियोजन गरिएको वडा कार्यालयले जनाएको छ् । निर्माधिन गौशालालाई थप व्यवस्थित गर्न थप गृहकार्य भईरहेको बताईएको छ् ।

छाडा चौपायाको कारण किसानहरुले वर्षभरी मेहनत गरि लगाएका अन्नवाली नष्ट गर्ने, नगर सौन्दर्यकरणमा असर पार्ने तथा सवारी दुर्घटना निम्त्याउने गरेको भन्दै नगरपालिकाले छाडाचौपाया व्यवस्थापन गर्न बिगतका दिनहरुमा समेत थुप्रै अभ्यास गर्दै आएको छ् । दूध दिउन्जेल राख्ने र त्यसपछि छोडीदिने प्रवृतिले छाडा चौपाया बढ्दै हो । कतिपयले त दूधे बाच्छोलाई पनि छोडिदिने गरेका छन् । गौशालाका लागी छुट्याईएको झण्डै ६ बिघाह जग्गामा डाले घाँस तथा भुई घास लगाउने योजना समेत रहेको छ् ।

ताजा समाचार

सम्बन्धित समाचार