Saturday, July 13, 2024

बेलौरीमा सामुदायिक वन उपभोक्ता समुहमा लेखा तथा अभिलेखिकरण सम्बन्धी तालिम सुरु

प्रकाशित:

महेन्द्रनगर । डिभिजन वन कार्यालय कञ्चनपुरको आयोजना कुण्डा सब-डिभिजन वन कार्यालय पचकडियाको संयोजनमा बेलौरी नगरपालिका वडा नम्बर ७ मा रहेको सिंहपाल सामुदायिक वनको सभाहलमा २ दिने सामुदायिक वन उपभोक्ता समुहमा लेखा तथा अभिमखिकरण तालिम सुरु भएको छ।

सोमवारबाट सुरु भएको तालिममा बेलौरी नगरपालिका भित्र रहेका ८ वटा सामुदायिक वन र १ वटा धार्मिक वन गरी ९ वटा वनका अध्यक्ष, उपाध्यक्ष,सचिव,सहसचिव र कोषाध्यक्ष सहित ४० जनाको तालिममा सहभागिता रहेको कुण्डा सब(डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादव बताउँदै।

तालिम पश्चात् सामुदायिक वनको लेखा प्रणाली, काठ दाउरा नाप्ने तौरतरिका, काठ दाउराको लगत राख्ने तरीका,समूहको अन्य कागजात राख्ने तरिका, वन पैदावार तथा वन्यजन्तु मुद्दा सम्बन्धिको बिषयमा प्रशिक्षण दिइने प्रमुख यादवले जानकारी दिनुभयो। कार्यक्रम यही असार १० र ११ सञ्चालन हुनेछ। तालिमको प्रशिक्षक डिभिजन वन कार्यालय कञ्चनपुरका लेखा अधिकृत प्रेम अवस्थीले रहनुभएको थियो।

 

ताजा समाचार

सम्बन्धित समाचार