अनेरास्ववियु कञ्चनपुरको अध्यक्षमा धामी

प्रकाशित:

महेन्द्रनगर । नेकपा एमाले निकट अनेरास्ववियु कञ्चनपुरको अध्यक्षमा अमर बहादुर धामी चयन भएका छन । अनेरास्ववियु कञ्चनपुरको १७औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा धामी चयन भएका हुन ।

उपाध्यक्षद्वय धर्मराज जोशी, पार्वती महरा, सचिव बिक्रम बहादुर थापा, सह सचिव क्रमस दिपकराज अवस्थी, देव बहादुर साउद, यशोदा रेग्मी, कोषाध्यक्ष महेश दत्त भट्ट र कार्यालय सचिव बासुदेव भट्ट चयन भएका छन । धामी यस अघि अनेरास्ववियु कञ्चनपुरको सचिव, जिल्ला संयोजकको जिम्मेबारीमा थिए, अहिले नेतृत्वमै आएका छन ।

आइतबार अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालको प्रमुख आथित्यमा भएको उद्घाटन भएको थियो । अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष अमर बहादुर धामीले ४१ सदस्यीय जिल्ला कमिटि चयन भएको बताए ।

अध्यक्ष धामीले जिल्लाको शैक्षिक विकृती बिसङगती बिरुद्धमा संगठनले संघर्ष गर्दै विद्यार्थीका शैक्षिक हक अधिकार दिलाउन केन्द्रीत हुने प्रतिबद्धता जाहेर गरेका छन।

ताजा समाचार

सम्बन्धित समाचार