Tuesday, July 23, 2024

माटाेकाे कर खारेज गर्नुपर्छ: अध्यक्ष जाेशी

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाका पाच जना वडा अध्यक्षहरुले नगरसभाको पुर्व सन्ध्यामा बैठक बहिस्कार गरेका छन । भोलि आषाढ १० गते नगरसभा तय भएको छ ।बेदकोट नगरपालिका वडा ८ मा समाजवादि बाट निर्वाचित वडा अध्यक्ष महेश राज जोशीले नगरमा माटोमा लगाएको कर खारेज गर्नुपर्ने र प्रगतिशिल कर प्रणाली अनुसार कर निर्धारण गर्नुपर्ने बताएका छन ।

यश बिषयमा अध्यक्ष जोशीले भने नगर प्रमुखले सुरु देखि बिषयगत समितिहरुमा आफ्नो भुमिका खोजिरहेका छन, सम्पुर्ण कार्यक्रम हरु पारदर्शि गर्नुपर्ने, नगरपालिका का गौरवका योजनाहरु सबैको पहुच हुनुपर्ने, सबै वडाहरुमा नगरपालिकाका साधनस्रोतको समउचित बितरण गर्नपर्ने, नगर प्रमुखले कुनैपनि काम गर्दा पुर्वाग्रह राख्न नहुने, जनताको घरसम्म पुग्ने माटोमा लगाईएको कर लाई हटाउनु पर्ने र अन्य कैयौ कर प्रगतिशील कर प्रणाली अनुसार लागु गर्पनुर्ने लगायतका बिषय छफलल गर्नुपर्ने थियो तर मेयर यस्मा छफफल नगरि अगाडि बढ्ने देखिए पछि बैठक बहिस्कार गरेको बताएका छन । बेदकोटमा १० वडा रहेका छन ।

१० मध्ये ५ वडामा काग्रेस र पाच वडा एमाले, माओवादी र समाजवादिको नेतृत्व रहेको छ। नगर सभा बहिस्कार गर्ने वडा अध्यक्षमा वडा २ नरेश बहादुर सिह, वडा ६ का तुलसि राना, वडा ८ का महेश राज जोशी, वडा ९ का जनक बहादुर बिष्ट र वडा १० का रतन सिह बिष्ट रहेका छन । वडा २ बाट दोस्रो पटक निर्वाचित९एमाले० वडा अध्यक्ष नरेश बहादुर सिहले भने वडाका बिकास निर्माण र वडावासिका मागका बिषयमा मेयर साप संग छलफल गर्न गरेर औपचारिक रुपमा बैठकमा बस्ने भनेका थियौ तर मेयर सापले छलफल गर्न नचाहे पछि बैठकमा बस्न नसकिएको बताएका छन ।

यसैगरि ९माओवादी० वडा १० का अध्यक्ष रतन सिह बिष्टले ब्यक्तिगत बिषयमा नभएर समृद्ध पालिका, शुसासन कायम हुने तरिकाले,नगरमा रहेका राजनितिक दलका सपना छन नगरवासिका सपना छन ती सबैमाथी छलफल गरेर नगरसभामा जान चाहेको हो तर छलफलको वातावरण नभएपछि कस्न नसकिएको बताएका छन ।नगरप्रमुख भोजराज बोहरालाइ वडा अध्यक्षहरुले बैठक बहिस्कार गरेछन छलफलको वातावरण भएन भनेर सोद्धा वहाले बैठकको बातावरण के बनाउनु पर्ने रहेछ भनेर प्रतिप्रश्न गर्दै भन्नुभयो बहाहरुलाई छलफल गर्नकै लागि बोलाएको हो बोलाएन भन्ने कुरा झुरा झुटो हो ।

वहाँ का वडा मेरा पनि हुन वहाहरुले पेलिरहनु भएको छ, पेल्नुपर्यो भनेपछि पेल्नुपर्ला, मैले बायस नजरले हेरेको छैन, किन हो थाहा छैन राजनितीक पुर्वाग्रह हो किन हो । भोली बिहान ९ बजे छलफलका लागि बोलाएको छु आउनु भए सौहार्द वातावरणमा छलफल हुन्छ, नभए परिषदमा बहुमतको पनि आवश्यक्ता पर्यो भने त्यहि अनुसार गर्ने बताउनु भएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार