श्रमिक बालबालिकाको पैरबीका लागि सरोकारवालासित कार्यक्रम

प्रकाशित:

महेन्द्रनगर । होटेल, यातायात लगायतका विभिन्न सरोकारवालासंग श्रमिक बालबालिकाको हक अधिकारका लागि पैरबी बैठक तथा कार्यक्रम गरिएको छ । असमान नेपालले नेपालले राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सहजीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा एनएनएस डब्लुएका शिक्षा अधिकृत ऋषिकेश जैरुले श्रमिक बालबालिकाको अवस्था, बालबालिकाका सम्बन्धि विद्यमान कानुनी व्यवस्था लगायतका विषयमा बैठकमा जानकारी दिए ।

कार्यक्रममा सहभागी सरोकारवाला निकायका प्रतिनिधिले राज्यले कमजोर आर्थिक अवस्था, अशिक्षा लगायतका कारणले १८ वर्ष नपुग्दै बालबालिका श्रमिक बन्न बाध्य भएकाले राज्यले बालबालिकाको जिम्मा लिनु पर्नेमा जोड दिए ।
विद्यमान कानुन अनुसार १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई श्रमिक बनाउन बन्देज छ । कानुनी व्यवस्था कार्यान्वयन नभएकाले विद्यालय जाने उमेरका बालबालिका होटल, यातायात लगायतका क्षेत्रमा बाध्य भएर श्रमिक बनेका छन् । बालबालिकाको घर परिवारको आर्थिक अवस्था बलियो बनाउने विकल्प दिएर मात्रै उनीहरुलाई श्रमिक बालबालिकालाई विद्यालय पठाउन सकिने सहभागीहरुले बताए ।

नागरिक समाजका अगुवा प्रभुनिधि पन्तले राज्यले बालबालिकाको हक अधिकारका लागि बनाएका ऐन कानुन पालना गरी बालबालिकालाई श्रमिक बन्न रोक्न सकिने बताए । ‘कानुनमा १८ वर्ष उमेर नपुगेका बालबालिकालाई काममा लगाउन हुँदैन भन्ने व्यवस्था छ, तर बालबालिकालाई काम गर्न पर्ने बाध्यता छ’ उनले भने,‘त्यस कारण राज्यले नै यसलाई प्राथमिकता दिएर अघि बढ्नु पर्छ ।’ भृकुटी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक चक्र महराले केही बालबालिका पढ्न छाडेर स्वेच्छाले पनि श्रमिक बनेको उदाहरण दिए ।

‘एक जना बच्चा कक्षामा सधैं फस्र्ट हुन्थ्यो, ऊ सधैै फस्र्ट हुन्थ्यो, केही दिन कक्षामा आएन, किन आएन भनेर खोजी गर्दा ट्रयाक्टरमा ढुङ्गा हालि रहेका अवस्थामा भेटायौ, त्यसपछि अभिभावकसंग पुग्यौ’ भृकुटीका गणित विज्ञान शिक्षक समेत रहेका महराले भने,‘त्यो बच्चाले दिनमा एक हजार कमाउँदो रहेछ, स्कुल फर्काउन धेरै कोशिस ग¥यौ, मानेनौ, पछि स्कुल आउनै छाडि दियो ।’

भीमदत्त नगरपालिकाका रोजगार संयोजक कृष्ण बहादुर चन्दले श्रमिक बालबालिकालाई मध्यनजर गरी रोजगारका कार्यक्रम अघि बढाइने बताए । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कञ्चनपुरका अध्यक्ष उमेश पाण्डेयले बाल श्रम दुर्गाग्य भएको र यसलाई नियन्त्रण गर्न राज्य न चुकेको बताए ।

होटेल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टले होटेल क्षेत्रमा बाल श्रमको अवस्था विगतको तुलनामा निकै सुधार भएको बताए । ‘१०÷१५ वर्ष अघि र अहिलेको वर्तमान अवस्थामा निकै फरक छ’ उनले भने,‘अहिले होटेल क्षेत्रमा यो समस्या न्यूनीकरण हुँदै गएको छ ।’ अध्यक्ष भट्टले १८ वर्षसम्म बालबालिकाले काम गर्न नहुने कानुनी व्यवस्था अव्यवहारिक भएकाले संशोधन गरिनु पर्ने बताए । ‘अहिले १४÷१५ वर्षमै बालबालिका जान्ने बुझ्ने काम गर्न सक्ने भइ सक्छन्, त्यस कारणले यो १८ वर्षसम्मका बालबालिकालाई काममा लगाउनु हुँदैन भन्ने व्यवस्था नै बदलिन आवश्यक छ ।’

कार्यक्रममा महाकाली बहुउद्देश्यीय यातायात कम्पनी लि।का अध्यक्ष डम्बरदत्त पन्त, गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अन्जु भट्ट, अमर सहित आधारभूत विद्यालयका प्रधानाध्यापक हरिश प्रसाद जोशी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कञ्चनपुरका अध्यक्ष भोज बहादुर शाही, नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष मालती पन्त, कञ्चनपुर उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत हेमराज भट्ट लगायतले बाल श्रम न्यूनीकरण गरी बालबालिकाको शिक्षा हासिल गर्न पाउने अधिकार सुनिश्चित गर्नु पर्ने बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार