Tuesday, July 23, 2024

शुक्लाफाँटा र बेलौरी नगरपालिकाको नयाँ योजनामा कोल्डस्टोर तथा दमकल

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर जिल्लाका दुई स्थानीय सरकारले नीति, कार्यक्रम तथा बजेट ल्याएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा रहेको शुक्लाफाँटा नगरपालिका र दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिकाले आगामि वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएका हुन । बेलौरी नगरपालिकाले दमकल खरिद र शुक्लाफाँटा नगरपालिकाले कोल्डस्टोर नयाँ योजना ल्याएका छन् ।

दुवै नगरपालिकाले नगर सभाबाट ल्याएका नयाँ सहितका गत विगतकै योजना पारित गरेका छन् । तोकिएको समय भन्दा अवागै नगर सभा गरेर शुक्लाफाँटा नगरपालिका र बेलौरी नगरपालिकाले एक÷एक नयाँ योजना पारित गरेका हुन । बेलौरी नगरपालिकाको शुरु भएको १३ औँ नगर सभाले आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट ल्याएको छ् । आगामि आर्थिक वर्षका लागि बेलौरी नगरपालिकाले बजेट ल्याएको जनाएको छ् । बेलौरी नगरपालिका नगर प्रमुख पोतिलाल चौधरीले नगर सभाबाट आगामि वर्षका लागि ७८ करोड २ लाख ७० हजार बराबरको बजेट ल्याइएको बताए ।

मेयर चौधरीका अनुसार चालु तर्फ ५२ करोड ३२ लाख ९० हजार पूँजिगत तर्फ २५ करोड ६९ लाख ८० हजार बराबरको बजेट ल्याएको छ् । आगामि आर्थिक वर्षका लागि बेलौरी नगरपालिकाले दमकल खरिद योजना पारित गरेको छ् । त्यसैगरी बेलौरीमा समेत बजार विस्तारदेखि आगलागीका घटना निम्तिन थालेपछि नगरपालिकाले आगो निभाउनका लागि आगामि आर्थिक वर्षमा दमकल खरिद योजना ल्याएको हो । ‘बेलौरीमा समेत जनसंख्या विस्तारदेखि भौतिक संरचना बजार विस्तारसंगै आगलागीका घटना बढिरहेका छन, ‘मेयर चौधरीले भने, ‘हामीसँग दमकल नहुँदा आगो निभाउन समस्या भयो, त्यही भएर आगलागीबाट ठूलो जनधनको क्षति न्यूनिकरण गर्न दमकल योजना ल्याएका हौँ ।’

मेयर चौधरीका अनुसार पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि सहितका कार्यक्रम प्राथमिकतामा राखेर अधुरा योजना पुरा गर्ने कार्यक्रम ल्याइएको बताए । त्यसैगरी शुक्लाफाँटा नगरपालिकाले नगरको १७ औँ नगर सभाबाट आगामि आर्थिक वर्ष २०८१÷०८२ का लागि कृषि विकासका लागि कोल्डस्टोर चिस्यान केन्द्रको नयाँ योजना ल्याईएको छ् । शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रण बहादुर महराले कृषिलाई उच्च प्राथमिकता दिएर कोल्डस्टोरको नयाँ योजना ल्याएको बताए । नगरप्रमुख महराका अनुसार नगरका किसानले उत्पादन गरेका कृषि बस्तु स्टोरका लागि समस्या भएकाले कोल्ड स्टोरको योजना ल्याएका छौँ ।

कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य सहितका क्षेत्रमा प्राथमिता दिइएको छ् । नगरप्रमुख बहादुर महराले आगामि आर्थिक वर्षका लागि ९९ करोड २७ लाख ४ हजार ७ सय १ रुपैयाँको बजेट ल्याएको छ् । आयत तर्फ ३ करोड १५ लाख ८४ हजार संघीय सरकार राजश्व बाँडफाँडबाट १३ करोड १३ लाख १ रुपैयाँ प्रदेश सरकार राजश्व बाँडफाँडबाट ५६ लाख ४० हजार, नेपाल सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ४५ करोड ६२ लाख ९ हजार रहेको छ् । मेयर महराले दुई वर्षमा थुप्रै कार्यक्रम भएता पनि प्रचारबाजी मात्रै नभएको बताए । यस अघि दोधाराचाँदनी नगरपालिकाले नगर सभा गरेर आगामि वर्षमा नगर प्रहरी भर्नादेखि पर्यटकीय केन्द्र बनाउने योजना पारित गरेको थियो । कञ्चनपुरका तीन स्थानीय सरकारले हालसम्म बजेट नीति, कार्यक्रम ल्याइसकेका छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार