बेलौरी नगरपालिकाको १३औँ नगर सभा : दमकल ल्याउने योजना पारित

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकाकाले आगामी आर्थिक बर्षका लागि बजेट ल्याएको छ । शनिबारदेखि बेलौरी नगरपालिकाको शुरु भएको १३औँ नगर सभाले आर्थिक बर्ष ०८१÷०८२का लागि बजेट ल्याएको हो । आगामी आर्थिक बर्षका लागि बेलौरी नगरपालिकाले बजेट ल्याएको बेलौरी नगरपालिकाले जनाएको छ ।

बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले नगर सभाबाट आगामी बर्षका लागि ७८ करोड २लाख, ७० हजार बराबरको बजेट ल्याईएको बताए । मेयर चौधरीका अनुसार चालु तर्फ ५२करोड, ३२ लाख, ९० हजार, पूँजिगत तर्फ २५ करोड ६९ लाख, ८० हजार बराबरको बजेट ल्याएको छ । आगामी आर्थिक बर्षका लागि बेलौरी नगरपालिकाले दमकल खरिद योजना पारित गरेको छ ।

बेलौरीमा समेत बजार विस्तारदेखि आगलागीका घटना निम्तिन थालेपछि नगरपालिकाले आगो निभाउनका लागि आगामी आर्थिक बर्षमा दमकल खरिद योजना ल्याएको हो । ‘बेलौरीमा पनि जनसंख्या विस्तारदेखि भौतिक सरचना बजार विस्तारसंगै आगलागीका घटना बढिरहेका छन, ‘मेयर चौधरीले भने, ‘हामीसग दमकल नहुँदा आगो निभाउन समस्या भयो, त्यही भएर आगलागीबाट ठुलो जनजनको क्षति न्यूनिकरण गर्न दमकल योजना ल्याएका हौँ । ’ मेयर चौधरीका अनुसार पूर्वाधार, शिक्षा, स्वास्थ्य,कृषि सहितका कार्यक्रम प्राथमिकतामा राखेर अधुरा योजना पुरा गर्ने कार्यक्रम ल्याईएको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार