Saturday, July 13, 2024

कञ्चनपुर परिवार नियाेजन संघकाे ४५ औँ बार्षिक साधारण सभा

प्रकाशित:

महेन्द्रनगर । नेपाल परिवार नियोजन संघ कञ्चनपुर शाखाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार महेन्द्रनगर संघकै हलमा परिवार नियोजन संघ कञ्चनपुर शाखाको ४५ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
बार्षिक साधारण सभामा स्वागत मन्तव्य दिने वक्ताहरुले संघका सेवा विस्तारमा जोडदिएका छन ।

नेपाल परिवार नियोजन संघ कञ्चनपुरका सदस्य सरस्वती दाहालले संघबाट थप ग्रामिण भेगमा सेवा विस्तारमा जोडदिईन ।कार्यक्रममा बिशिष्ठ अथितिद्वय जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले समेत संघले प्रदान गर्दै आएको सेवाको प्रसंसा गर्दै थप सेवामा जोडदिईन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुप प्रदेश सभा सदस्य मधु भारतीले पनि संघबाट परिवार नियोजन स्वास्थ्य सेवा विस्तारमा जोडदिईन । नेपाल परिवार नियोजन संघ कञ्चनपुर शाखाका अध्यक्ष गजेन्द्रदेव लेखकको अध्यक्षतामा भएको कार्यक्तमको संचालन एव आर्थिक प्रतिवेदन कोषाध्यक्ष गिरीराज शर्माले गरेका थिए । कार्यक्रममा परिवार नियोजन संघका पदाधिकारी, पुर्व पदाधिकारी सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार