Tuesday, July 23, 2024

कञ्चनपुरका महिलालाई उद्यमशिलता तालिम

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका विभिन्न नगरगाँउबस्तीका महिलाहरुलाई उद्यमशिलता तालिम दिईएको छ । आर्दश महिला समाज नेपालले टेवा संस्थाको आर्थिक सहयोगमा जिल्लाका विभिन्न पाँच पालिका महिलाहरुलाई उद्यमशिलता तालिम दिन लागेको हो ।

आर्दश महिला समाज नेपालका अध्यक्ष माया नेगीले सामुदायिक सुरक्षा जालोमा आबद्ध रहेका महिलाले गर्दै आएको पेशामा थप सुधारका लागि दुई दिने उद्यमशिलता तालिम दिन लागेको बताईन । उनले ग्रामिण भेगका महिलाको क्षमता विस्तार गर्दै महिलावादी आन्दोलन सुदृढीकरणका लागि तालिम संचालन गरिएको बताईन । तालिममा भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरीका महिला सहभागि रहेका छन ।

आर्दश महिला समाज नेपालका सचिव मन्जु केसीले सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढीकरण दोस्रो चरण कार्यक्तम अन्र्तरगत शुक्रबारदेखि दुई दिने तालिम महेन्द्रनगरमा संचालन भएको बताईन । जनज्योती बहुमुखी क्याम्पसका प्राद्यायापक प्रजापति नेगी र घरेलु तथा साना उद्योग कार्यालयका कृष्णदत्त भट्ट प्रशिक्षक रहेका छन । तालिम उद्घाटन कार्यक्रममा टेवा संस्थाका कार्यक्रम अधिकृत सरस्वती श्रेष्ठ र लेखा अधिकृत निर्मला पृकुटी सहितका सरोकारवाला सहभागि रहेको थियो । शनिबारसम्मै तालिम संचालन हुनेछ ।

 

ताजा समाचार

सम्बन्धित समाचार