Tuesday, July 23, 2024

महेन्द्रनगरबाट धनगढीका लागि छुटेकाे विङ्गर दुर्घटना हुदाँ ६ जना घाईते

प्रकाशित:

महेन्द्रनगर । जिल्लाको महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको विङ्गर दुर्घटनामा परेको छ। दुर्घटनामा सुदूरपश्चिम प्रदेश ००१ ज ३९८ नम्बरको विङ्गर बनहराको पुल नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा ६ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । घाइतेहरुको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको अत्तरिया प्रहरीले जानकारी दिएको छ। उक्त दुर्घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार