महेन्द्रनगर । नेपाली सेनाले निर्माण गरेको गोदावरी आर्यघाटमा ‘शवदाह गृह र विश्रामस्थल घाट’ व्यवस्थापन समितलाई हस्तान्त्रण गरेको छ ।
मंगलबार तेघरी स्थित देवीदल गणका गणपति तथा प्रमुख सेनानी रवि केशीले एक कार्यक्रमका बिच कैलालीको गोदावरी नगरपालिका –४ मा निर्माण गरिएको शवदाह गृह र विश्रामस्थल हस्तान्त्रण गरेका हुन् ।
गोदावरी नगरपालिकाका वडा अध्यक्ष हेम प्रकाश मल्ल, घाट ब्यावस्थापन समितिका अध्यक्ष कैलाश पर्बत जोशी, समितिका कोषाध्यक्ष मान बहादुर बलायर, अत्तरिया शहरी खानेपानी प्रतिनिधि यादव फुलारा, नेपाली सेनामा अन्य सदस्य, लगायतको उपस्थितिमा सेनानी केशीले निर्माण संरचना हस्तान्तर गरेका हुन ।
नेपाली सेनाले सुदूरपश्चिमको चर्चित धार्मिक स्थान गोदावरी धाममा रहेको आर्यघाटलाई थप परिमार्जित गरी नयाँ केही काम गरेर सहयोग गर्ने मनसायका साथ यस घाटमा १ थान शवदाह गृह टिनको छाना सहित र १ थान विश्रामस्थल पक्की बनाएको थियो ।
गर्मी मौसम या बार्सातको समयमा मालामी आएकाहरु लाई बिश्राम गर्नका लागि सहज होस र मृत लाशलाई जलाउदा ब्यावस्थित पारेर अन्तिम सर्दान्जली अर्पणका लागि सहज होस भन्नका लागि आफूहरुले यस घाटमा संरचना बनाएर सहयोग गरेको गणपति राजु केसीले बताए ।
संरचना हस्तान्तर कार्यक्रममा नेपाली सेनाले यस क्षेत्रमा आउने अन्तिम संस्कारका लागि ६ ओटै पालिकाबाट आउने मानिसहरुलाई धेरै राहात हुने र आगामी दिनमा पनि नेपाली सेनाको सहयोग बाट अन्य कामको अपेक्षा गरेको जानकारी वडा न। ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले बताए ।