Saturday, July 13, 2024

नातेदारद्वारा नै छाउगोठमा बसेकी किशोरी बलात्कृत

प्रकाशित:

महेन्द्रनगर । नातेदारद्वारा नै एक जना किशोरी बलात्कृत भएकी छिन् । अछाममा छाउगोठमा बसेकी १६ वर्षिय किशोरी बलात्कृत भएकी हुन् ।

मंगलबार बेहोस् अवस्थामा भेटिएकी किशोरीमाथि बलात्कार भएको खुलेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले बताए ।

डीएसपी पाठकका अनुसार किशोरीलाई छाउगोठमा बेहोस् अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएको हो । उपचारपछि किशोरीले आफूमाथि जबरजस्तीकरणी भएको बताएकी थिइन् ।

जबरजस्तीकरणी गरेको आरोपमा किशोरी संगै एउटै विद्यालय पढ्ने १७ वर्षीय किशोरलाई पक्राउ गरिएको डीएसपी पाठकले बताए । पक्राउ परेका किशोर उनका नातेदार हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार