Tuesday, July 23, 2024

एमाले बेदकोट नगरका पदाधिकारी सदस्यको सपथ ग्रहण

प्रकाशित:

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको बेदकोट नगरका नवनिर्वाचित पदाधिकारी एव नगर सदस्यहरुलाई सपथ ग्रहण तथा पदभार ग्रहण गराईएको छ । एमाले बेदकोट नगरको दोस्रो अधिवेशनबाट निर्वाचित नगर पदाधिकारी एव सदस्यहरुलाई सपथ ग्रहण तथा पदभार ग्रहण गराईएको हो ।

सोमबार एक कार्यक्रमका विच अध्यक्ष हरि गिरीले उपाध्यक्ष सहितका पदाधिकारी एव सदस्यहरु सपथ ग्रहण तथा पदभार ग्रहण गराईएका छन । यस अघि निर्वाचन मण्डलले अध्यक्ष गिरीलाई गराईसकेका थिए ।

एमाले बेदकोट नगरको अध्यक्षमा निर्वाचित भएका अध्यक्ष हरि गिरीले पाटीलाई एकढिक्का बनाएर लैजाने बताए । उपाध्यक्ष जनक सिह विष्टले पाटीलाई ०८४मा ०७४सालमै अवस्थामा फकाउने प्रण गरेका छन ।

सचिव बिरेन्द्र बोहराले नगरमा संगठन चुस्त दुरुस्त बनाउने बताए । उपसचिव हरिना विष्ट९भाट०ले महिला संगठनमा जोडबल दिने बताईन ।

एमाले पोलिट्ब्यूरो सदस्य निरुदेवी पालकै प्रमुख आथित्यमा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य सल्लाहकार परिषद सदस्य शंकर दत्त जोशी, नर ब। धामी, कृपाराम राना, कमला बोहरा सहितका नेताहरुले नगर कार्य कमिटिलाई पाटी र जनताको काममा खटिन आब्हान गरेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार