Tuesday, July 23, 2024

 पाटनमा एक पुरुषको हत्या आरोपमा णमा, शव खोज्दै प्रहरी शिक्षिका प्रहरी नियन्त्र

प्रकाशित:

महेन्द्रनगर । बैतडीको पाटन नगरपािलका(६ मा एक पुरुषको हत्या आरोपमा शिक्षिकालाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।पाटन नगरपालिका (६ बस्ने करिब ५१ बार्षिय बिरभान सिह बिष्टलाई शिक्षिकाले हत्या गराएको आरोपमा इलाका प्रहरी कार्यालय पाटनले पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

गाडी चालक बिष्ट शनिबारदेखी परिवारको सम्र्पकमा नभएको आफ्न्तले बताए। बिहान स्थानीयले महिलाको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म गिसारेर रगताम्य जमिन देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले आज बिहान ६ बजेबाट सबैतिर खोला, नदी, भिरमा समेत सुरक्षाकर्मी प्ररिचालन गरेर खोजी गरीरहेको छ । पाटन नगरपालिका(६ कै एक बिद्यालयमा शिक्षण गराउने शिक्षिकाले केही पुरुषको समुह प्रयोग गरेर हत्या गरेको आफ्न्तको आरोप छ ।

महिलाले केही नाम प्रहरीलाई बताएपपछि अहिले प्रहरीले फरार रहेका पुरुषहरुलाई पक्राउ गर्न पाटन बाहिर समेत खटीएको स्रोतले बताएको छ । महिलले अहिले दुई जना पाटन नगरपालिका ६भित्रकै व्यक्तीका नाम बनाएको स्रोतको दाबी छ । एक जना प्रहरीकै निगरानीमा राखिएको बुझीएको छ ।

स्थानीयले अहिले हत्यारा खोजीको माग गर्दै इलाका प्रहरी कार्यालय पाटन घेराउ गरेको छन् । सडक आन्दोलन गर्ने तयारी थालिएको आफ्त दिपक बिष्टले बताए ।

महिलाको श्रीमान केही बर्ष अगाडी मृत्यु भइसकेको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ

 

ताजा समाचार

सम्बन्धित समाचार