पर्यटन प्रवद्र्धनको लागी महाकाली झोलुङ्गे पुल क्षेत्रमा कालो पत्रे निमार्ण, स्थानियहरु खुशी

प्रकाशित:

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले महाकाली झोलुङ्गे पुलको सोन्दर्यता बढाउन पुल नजिक क्षेत्रमा पक्की सडक निमार्ण कार्य अघि बढाएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार महाकाली झोलुङ्गे पुलमा पर्यटक आकर्षण बढाउन दोधारा चाँदनी नगरपालिका– ४ महकाली झोलुङ्गे पुल क्षेत्र नजिक पक्की सडक निमार्ण कार्य संचालन गरेको छ् ।

एसियाकै दोस्रा लामो मानिने कञ्चनपुरको महाकाली नदी माथिको ‘मल्टिस्पान पेडेस्ट्रेन’ झोलुंगे पुल पर्यटकको रोजाईमा पर्ने गरेको छ् । सोही बिषयलाई मध्यनजर राख्दै दोधारा चाँदनी नगरपालिकाले पुलको सोन्दर्यता बढाउन पक्की सडक निमार्ण कार्य सुरु गरेको छ् । पुल क्षेत्रमा कच्ची सडकको कारण पर्यटकहरुलाई वर्षाको समयमा हिडडुल गर्न तथा गर्मीको मौसममा धुलोले सास्ती खेप्दै आउनु परेको थियो । यस आर्थिक वर्षमा निमार्ण कार्य सकिने गरि दिमुक निमार्ण सेवाले पुलको १ सय १५ मिटर लम्वाई तथा ८ मिटर पक्की सडक निमार्ण जिम्मा लिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्राबिधिक अशोक चन्दले जानकारी दिनुभएको छ् ।

उहाँका अनुसार दोधारा चाँदनी नगरपालिका कार्यालयको अन्तरिक राजस्व रकमबाट महाकाली झोलुङ्गे पुलको सोन्दर्य बढाउनको लागी पक्की सडक निमार्ण गरिएको हो । आन्तरिक र बाह्य पर्यटक पुल नियाल्नका लागि यहाँ सम्म आईपुग्ने गरेता पनि कच्ची सडकको कारण पर्यटकहरुलाई सास्ती खेप्नु पर्ने अवस्था रहेको दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य पदमराज भट्टले बताउनुभएको छ् । पर्यटकहरुको आकर्षण संगै बजार क्षेत्रको सोन्दर्यता बढाउन दोधारा चाँदनी नगरपालिका– ४ महाकाली झेलुङ्गे पुल क्षेत्रमा सडक पक्की निमार्ण गर्न थालिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य पदमराज भट्टले बताउनुभएको छ् ।

सडक नगरपालिकाको रु। ८ लाखमा निमार्ण कार्य सुरु गरिएको छ् । पुल नजिक क्षेत्रमा कालो पत्रे निमार्ण हुन थालेपछि स्थानियहरुले खुशी ब्यक्त गरेका छन् । सूर्यास्त र सूर्योदयको समयको मनोरम दृश्य हेर्नका लागि पर्यटक पुल क्षेत्रमा पुग्ने गर्दछन् । पुल संग महाकाली नदीमा सेल्फी लिने र सामुहिक तस्वीर लिनेको भीड नै लागेको हुन्छ् । दैनिक पुल हेर्नकै लागि झण्डै २ सय देखि चार सयको संख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गरेको स्थानियहरुले बताएका छन् । विसं २०६१ सालमा पुल निर्माणको कार्य गरिएको हो । पुलको लम्बाई १ हजार ४ सय ५२ मिटररहेको छ् । पुल ३२।७ मिटर उचाईका सात वटा अग्ला टावरमा ठड्याइएको छ् ।

ताजा समाचार

सम्बन्धित समाचार