Tuesday, July 23, 2024

कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-१ शिवमन्दिरबाट वेदकोट नगरपालिका-६ बस्ने २९ वर्षीय निरज चौधरी, वेदकोट८ बस्ने २१ वर्षीय अकबर डगौरा पक्राउ परेका हुन् ।

उनीहरुलाई ०.०६ ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरुसँगै रहेका २१ वर्षीय सुमित चौधरी घटनास्थलबाट फरार रहेका र उनको घरमा चेकजाँच गर्दा २.२६ ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रदेश प्रहरीले बताएको छ । प्रहरीले सुमितको खोजी गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार