महेन्द्रनगर । लियो जिल्ला परिषद ३२५ एन नेपाल को अध्यक्षमा कञ्चनपुरका मदन गिरि सर्वसम्मत निर्वाचित भएका छ्न । शनिबार कोहलपुरमा लायन्स जिल्ला परिषद् ३२५ एनको चौथो बैठक बाट सर्वसम्मत रुपमा गिरीलाई लियो जिल्ला परिषद वर्ष २०२४र०२५ का लागिअध्यक्ष निर्वाचित गरिएको हो ।
कार्यक्रममा लायन्सका डिष्ट्रिक गर्भनर मुकुट ढकालले अध्यक्ष घोषणा गरेका थिए । युवाहरुको साझा सामाजिक संस्थाको रुपमा रहेको लियोले युवाहरु सामाजिक कार्य जोड्नुका साथै क्षमता र नेतृत्व विकासका लागि काम गर्दै आएको छ ।
लियो क्लब अफ महेन्द्रनगर सिटिका पुर्व अध्यक्ष रहेका गिरी करिब एक दशकदेखि लियोमार्फत सामाजिक सेवाको काममा सक्रिय रहेका छन । उनी यश अघि लियो जिल्ला परिषद्को सचिव हुदै हाल उपाध्यक्षको रुपमा कार्यरत छन् ।
त्यस्तै लियो परिषद्को उपाध्यक्षमा नेपालगन्जका प्रकाश कुवँर चयन भएका छन् । नव निर्वाचित अध्यक्ष गिरीले जुलाई १ बाट आफ्नो कार्यकाल सुरु हुने बताउँदै संस्थाको हक, हित, युवाको क्षमता र नेतृत्व विकासका लागि काम गर्ने बताए । उनका अनुसार लियो जिल्ला परिषद् ३२५ एन नेपालको कार्य क्षेत्र सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका बाँके बार्दिया लगायतका जिल्लामा रहेको बताए ।