महेन्द्रनगर । गर्मी अत्यधिक बढेपछि बेदकोट नगरपालिका वडा नम्बर ७÷८ मा रहेको बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्र रौटेलालाई भुवनेश्वरी हार्डवयरका सञ्चालक युवा व्यवसायी तेज बहादुर खड्काले सिलिङ पङ्खा उपलब्ध गराएका छन् ।

बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्र रौटेलाले सामाजिक सञ्जाल फेसबुकबाट पङ्खा सहयोग गर्न आग्रह गरेको देखेपछि भुबनेश्वरी हार्डवेयरका सञ्चालक खड्काले सहयोग गरेको बताए । बिहिवार खड्काले बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्र रौटेलाका उपाध्यक्ष मोहन चन्दलाई ६ थान सिलिङ पङ्खा हस्तान्तरण गरेका हुन् । सिलिङ पङ्खा सहयोग गरेकोमा खड्कालाई धन्यवाद ज्ञापन गर्दै उपाध्यक्ष चन्दले आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा रहने बताए ।

उपाध्यक्ष चन्दले भने– ‘हामिलाई अहिले ६ थान पङ्खाको आवस्यकता थियो, त्यसका लागि हामी सहयोग गर्न ईच्छुक व्यक्तिलाई आग्रह गरेका थियौं । खड्का जिले हाम्रो समस्या थाहा पाएछन् र कति आवश्यक पर्छ भनी सोध्नुभयो र अहिले हामिलाई आवश्यक पङ्खा पनि सहयोग गर्नु भएको छ ।’ खड्का व्यवसायसँगै समाज सेवामा पनि उत्तिकै सक्रिय देखिन्छन् ।
