दोधारा । दोधारा चाँदनीमा दुई तले सामुहिक आवास निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ् । दोधारा चाँदनी नगरपालिका– ७ वडा कार्यालय संगै निमार्णधिन दुई तले सामुहिक आवास निमार्ण कार्य अन्तिम चरणमा पुगेको दोधारा चाँदनी नगरपालिका– ७ वडा कार्यालयले जनाएको छ् ।
संघिय सरकारको योजना तथा कार्यक्रम अनुसार दुई तले आवासमा २ वटा सभा हल, ३ कोठा सहित शौचालयको व्यवस्था रहेको छ् । संघिय सरकार र प्रदेश सरकारको सहयोगमा जम्मा २ करोड ५० लाख बढी रकममा सामुहिक आवास निमार्ण कार्य अघि बढाईएको दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले जानकारी दिएका छन् ।
कैलपाल निर्माण सेवाले निमार्ण कार्यको जिम्मा लिएको सामुदायिक आवासमा विप्दमा परेकाहरुलाई आश्रय स्थल हुने बताईएको छ् । यहि अषाढ मसान्तमा निमार्ण कार्य सम्पन्न हुने निमार्ण कम्पनी कैलपाल निमार्ण सेवाले बताएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ वडा कार्यालय संग जोडिएर निमार्ण गरिएको आवासमा सामूहिक रुपमा बस्न, खाना पकाउन, शौचालय लगाएत आवश्यक पूर्वाधार रहेको बताईएको छ् ।
चरणबद्धरुपमा संघिय सरकार र प्रदेश सरकारले निमार्ण कार्यमा योजना बिनियोजन गरिएको वडा कार्यालयले जनाएको छ् । चालु आर्थिक वर्षमा संघिय सरकारले १ करोड २० लाख रकम बिनियोजन गरे संगै निमार्ण कार्य सम्पन्नको तयारीमा निमार्ण कम्पनी लागि परेको छ् ।