Sunday, July 21, 2024

भीमदत्तमा १० हजार विरुवा रोप्रे अभियानमा युवा

प्रकाशित:

हेन्द्रनगर । वातावरणलाई हराभरा  स्वच्छ, सुन्दर र सफा बनाउन भीमदत्त नगरपालिका भित्र १० हजार बोटविरुवा रोप्ने अभियान चलिरहेको छ ।सो अभियान अन्तर्गत बर्गर हाउस महेन्द्रनगर,बिग ऐजुकेसन, नेपाल दुरसञ्चार प्रधिकरण,रोन्ब,एमडिएफ लगाएतका कार्यालय तथा संस्थाहरुले भीमदत्त नगरपालिका भित्र वुक्षरोपण गरिरहेका छन् ।

सो अभियानको पहिलो दिन जिल्ला ट्राफिक कार्यालय,दोस्रो दिन वडा प्रहरी कार्यालय लागाएका ठाउँहरुमा वुक्षारोपण गर्ने कार्य निरन्तर चलिरहेको बर्गर हाउस महेन्द्रनगरका सञ्चालक हेमराज भट्ट (हेमुले) बताएका छन् ।पछिल्लो समय वातावरण प्रदुषणले गर्दा मानिसहरुलाई स्वाप्रस्वासको समस्या लगाएत शाररिक समस्या बढ्दो सङख्यामा रहेको र बोटविरुवा वृक्षारोपण वातावरण सफा स्वच्छ रहेने भएकोले वृक्षारोपण अभियानको आयोजना गरिएको भट्टको भनाई रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार