काठमाडौं । पूर्वी अफ्रिकी देश मलावीमा उपराष्ट्रपतिसहित दशजना सवार विमान बेपत्ता भएको छ ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/961aos.gif)
मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान सम्पर्कविहीन भएको र विमानको कहाँ छ भन्नेबारे जानकारी नआएको बताएका छन् ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NTNC-Kanchanpur-Notice.gif)
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाएको छ । विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/Mantra-Hospital-MNR.webp)
विमानमा उपराष्ट्रपतिसहित १०जना सवार थिए । विमान मजुजुमा अवतरण गर्नुपर्ने थियो। मजुजु मलावीको उत्तरी क्षेत्र हो । (एजेन्सी)