Saturday, July 27, 2024

कञ्चनपुरका तीन सहित सुदूरपश्चिममा सात मन्त्रीले लिए शपथ

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सोमवार ५ जना बिनाविभागीय सहित ७ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

एमालेबाट तीन जना, माओवादी केन्द्रका तीन जना र एक जना एकीकृत समाजवादीका सांसद गरी थप सात जना मन्त्री नियुक्त भएका छन्।

एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला र माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका छन् ।

एमालेका बीरबहादुर थापा र हिरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल र लक्ष्मी बिक तथा एकीकृत समाजवादीका माया पन्तलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको छ ।

यससँगै सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् मुख्यमन्त्रीसहित १० सदस्यीय भएको छ । यसअघि नागरिक उन्मुक्ति पार्टीका दुई जना मन्त्री छन् ।

मुख्यमन्त्री सोडारीले सोमबारनै स्वतन्त्र सांसद डाक्टर ताराप्रसाद जोशीलाई पनि मन्त्री नियुक्त गर्न चाहे पनि जोशीले भने मन्त्रीको शपथ लिन अस्वीकार गरेका छन् । मुख्यमन्त्री सोडारीले जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गर्न खोजे पनि जोशीले मन्त्री पद अस्वीकार गरेका हुन् ।

भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा यसअघि नै मन्त्री भएका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार