Saturday, July 27, 2024

महाकाली प्रादेशिक अस्पतालबाट सेवा लिनेको संख्या बढदै

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालबाट सेवा लिनेको संख्या बढदै गई रहेको छ । पछिल्लो समय अस्पतालले आफनो गुणस्तरिय सेवा प्रवाह गर्दै आएपछि विभिन्न रोगका विरामीले सहज रुपमा सेवा पाई रहेका छन् । साथै अस्पतालले दिने सेवा सुविधाको गुणस्तर राम्रो भएपछि अस्पतालको अनुगमन तथा मुल्याँकन स्कोरमा पनि वृद्धि भएको छ । गत वर्ष ८५ स्कोररहेको मा अहिले उक्त स्कोर बढेर ८८ पुगेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सोमवार अस्पतालले पत्रकार सम्मेलनको आयोजना गर्दै १० महिनामा दिएको सेवाको विषयमा जानकारी प्रदान गरेको छ । २०८० सावनदेखी २०८१ बैशाख सम्ममा अस्पतालबाट ओपिडि सेवा अन्तरगत ७३ हजार ४ सय ५३ जनाले उपचार गराएका छन् । यसैगरी ३१ हजार ७ सय ६५ जनाले ईमरजेन्सीमा सेवा लिएका छन् ।

१० महिनाको अवधीमा १ हजार ७ सय ९१ जनाले प्रसुति सेवा लिएका छन भने, २ सय १९ जनाको शल्यक्रिया गरिएको छ । यस्तै, १८ हजार ७ सय ८७ जनाले एक्सरे सेवा, ३ हजार ८ सय ६३ जनाले खोप सेवा, १२ हजार ३ सय १७ जनाले अल्ट्रासाउन्ड सेवा, ५ हजार १६ जनाले ईसिजि सेवा पाएका छन् ।

यसैगरी मेजर सर्जरी ७ सय ४२ जना र माईनर सर्जरी ६ सय ३८ जनाले पाएका छन् । यसैगरी १० महिनामा २२ जना नयाँ एच आइभीका विरामी फेला परेका छन् भने सोही समयमा क्षयरोगका ६६ जना नयाँ विरामी फेला परेका छन् । ८ सय १४ जना जेष्ठ नागरिकहरुले निशुल्क सेवा पाएका छन् भने, सामाजिक सुरक्षा एकाई बाट २ हजार ७६ जनाले सेवा पाएका छन् । निशुल्क रुपमा १ हजार ८ सय ६१ जनाको डायलासिस गरिएको छ ।

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले आफुहरुसंग चिकित्सकको अभाव रहेको बताउँदै जनशक्तिको अभावमा पनि विरामीहरुलाई सेवा प्रदान गरिरहेको बताउनु भयो । दरबन्दी अनुसार कुनै पनि जनशक्ति नभएको अवस्थामा सबै पद रिक्त रहेको र अहिले एक जना केडिकल सुपेरिन्टेन्डेन्ट पनि काजमा रहेर काम गरिरहनु भएको बताउनु भयो । व्यवस्थापन समितिले काम गर्ने जनशक्तिलाई प्रोत्साहन स्वरुप थप तलब दिएर सेवा दिनु पर्ने बाध्यता रहेको बताउनु भयो ।

ताजा समाचार

सम्बन्धित समाचार