Saturday, July 27, 2024

महाकाली अस्पतालद्वारा अनाथ र असाहय जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच

प्रकाशित:

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालले कञ्चनपुरका अनाथ बालबालिका र असाहय जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शनिबार महाकाली अस्पतालले भीमदत्त नगरपालिका-४ महेन्द्रनगर समाजकल्याण बाल बनाथालयमा बस्दै आएका अनाथ बालबालिका र भीमदत्त नगरपालिका ५बनखेत स्थित महिला तथा बृद्ध सेवा केन्द्रमा बस्दै आएका बेसाहरा जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गरेको हो ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्ट, निमित्त मेसु अर्जुन श्रेष्ठ सहितका चिकित्सक स्वास्थ्यकर्मीले अनाथ बालबालिका एव जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गरेका छन ।

औषधी वितरणदेखि जटिल प्रकृतिका बिरामीलाई अस्पतालमा आउन आब्हान गरिएको छ । महाकाली अस्पतालले समाजिक उत्तरदायित्व अन्र्तरगत उक्त कार्य गरेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार