Saturday, July 27, 2024

दोधारा चाँदनीमा बाढीमा आधारित जोखिम, मौसमको जानकारी, पहुँच र पुर्व तयारी सम्बन्धि अभ्यास

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा विपद् न्युनिकरणको लागी पुर्वानुमानमा आधारित पुर्व सुचना प्रणाली कृत्रिम घट्ना नमुना अभ्यास गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बुधबार नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुदृढ परियोजना, नक्सा प्राली, जीएसएमए, यूकेएडको आर्थिक सहयोगमा रामपुरे टापु, ट्वाल्वाले र सुन्दर प्रकृति सामुदायिक विपद् व्यवस्थापन समितिको आयोजनामा भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्यमा दोधारा चाँदनी नगरपालिका– ८ मा रहेको जनज्योती माध्यमिक बिद्यालयमा विपद् न्युनिकरणको लागी पुर्वानुमानमा आधारित पुर्व सुचना प्रणाली कृत्रिम घट्ना नमुना अभ्यास गरिएको दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंमप्रकाश रोकायाले जानकारी दिए ।

बाढीको विपद् न्युनिकरणको लागी पुर्वानुमानमा आधारित पुर्व सुचना प्रणाली कृत्रिम घट्ना नमुना अभ्यास बाढी आउनु पूर्वको मौसमी विवरण, पूर्व सूचना प्रणाली, जनसमुदायले अपनाउनु पर्ने सतर्कता, बाढी आउदा ध्यान दिनु पर्ने कुरा, प्रभावितहरुको खोज तथा उद्धार, प्राथमिक उपचार, राहत वितरण र पुर्नस्थापना तथा व्यवस्थापन जस्ता गतिविधिहरु नमुना अभ्यासका रुपमा प्रस्तुत गरिएका दोधारा चाँदनी नगरपालिका– ८ का वडाध्यक्ष ओंमप्रकाश रोकायाले बताए ।

नमुना अभ्यासपछि आयोजित समीक्षाका क्रममा स्थानीय समुदायका व्यक्तिहरुले उक्त अभ्यासबाट विपद्को तीन चरणमा गर्नुपर्ने कार्यको बारेमा जानकारी प्राप्त गरेको प्रतिक्रिया दिए । विपद्को समयमा समुदाय स्तरमा कार्य गर्न थप सहज हुने अभ्यासमा सहभागीहरुको भनाई छ ।

पुर्वानुमानमा आधारित पुर्व सुचना प्रणाली कृत्रिम घट्ना नमुना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले विपद्को पूर्व तयारीमा नगरपालिका संग समन्वय गरेर नक्सा प्रालीले विपद् सम्बन्धि कार्यहरु गर्दै आएकोमा धन्यवाद व्यक्त गरे ।

त्यस्तै दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्व अभ्यासले महत्वपुर्ण सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले विपद्को समयमा प्रभावित समुदायको व्यवस्थापनमा सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो । पूर्व सूचना प्रवाह, खोज तथा उद्धार र प्राथमिक उपचार लगाएतका सन्दर्भमा नमुना अभ्यासबाट धेरै सिकाई भएको सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुको भनाई रहेको छ ।

विगत देखि निरन्तर सिकाईको क्रम जारी रहदा सिकेका विषयवस्तुलाई आवश्यक परेको समयमा व्यवहारमा लागु गर्न सक्नुलाई नै उपलब्धिका रुपमा लिन सकिने वक्ताहरुको भनाई रहेको छ ।

विपद् न्युनिकरणको लागी पुर्वानुमानमा आधारित पुर्व सुचना प्रणाली कृत्रिम घट्ना नमुना अभ्यास कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, वडाध्यक्ष ओंमप्रकाश रोकाया, ज्ञानेन्द्र बहेक क्षेत्री, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक ओंम प्रकाश चौधरी, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजना, नक्सा प्राली काठमाडौंका प्रतिनिधिहरु, दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार