Sunday, July 21, 2024

कामको उच्च मुल्याङकन गर्दै जादाजादै प्रजिअले गरे एसपी रावललाई कदर पत्रले सम्मान

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले नेपाल नम्बर ३५ हेटक्वाटर शैलेश्वरी गण झलारी हाल एपीएफ स्कुल झलारीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक (एसपी) प्रेम बहादुर रावललाई कदर पत्र तथा खादा लगाएर सम्मान गरेका छन् ।

आईतबार कर्मचारी मिलनकेन्द्रले आयोजना गरेको फेरी भेटौला कार्य कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले एसपी रावलले जिल्लाकै लागि उच्च र प्रशंसनीय काम गरेको क उच्च मुल्याङकन गर्दै कदर पत्र द्धारा सम्मान गरिएको कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले बताएका छन् ।रावलले एक वर्ष शैलेश्वरी गणमा नियुक्त रहि विपद् ब्यावस्थापन,सिमा स्तम्भ रङरोगन,तथा मर्मत सम्भार लगाएतका कार्यमा विषेश योगदान पु्र्याएको हुदा कदर पत्र सहित सम्मान गरिएको पजिअ अधिकारीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार