Saturday, July 27, 2024

भीमदत्त नगरका महिलालाई चुरापोते निर्माण सम्बन्धी ७ दिने तालिम

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरका महिलालाई चुरापोते निर्माण गर्ने तालिम दिईएको छ । बिहीबारदेखि महेनद्रनगरमा भीमदत्त नगरका महिलालाई चुरापोते निर्माण गर्ने तालिम दिईएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आदर्श महिला समाज नेपालको सहकार्यमा सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषले भीमदत्त नगरका महिलालाई चुरापोते बनाउने तालिम दिन लागेको छ । ‘आफ्नो घर बस्ती वा नजिकको बजारमा कुनै व्यवस्था गर्दा स्वरोगार बनौँ, नबनौँ बेजगार भन्ने मुल नाराका साथ तालिम संचालन गरिएको छ ।

उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषका कार्यकारी निर्देशक चुडामणी तिम्सिनाले सीपमुलुक तालिम दिएर महिलालाई आत्मनिर्भर बनाउने बताए ।

आदर्श महिला समाज नेपालका अध्यक्ष माया नेगीले नगरका महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउन सात दिने तालिम संचालन गरिएको बताए । तालिमका प्रशिक्षक मञ्जु केसी रहेका छन ।

आदर्श महिला समाज नेपालका सल्लाहकार आनन्द सिह धामीले संचालन गरेको कार्यक्तममा सहभागिता कोष, समाजका पदाधिकारी कर्मचारी सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार