काठमाडौं । गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रजिअ सहित २५ जना सहसचिवहरूको सरुवा गरेको छ ।

बुधबार मन्त्रीस्तरको निर्णयबाट १६ प्रजिअसहित सहसचिव तहका २५ कर्मचारीको सरुवा भएको हो ।सहसचिव रामचन्द्र तिवारीलाई सुनसरीको प्रजिअमा पदस्थापन गरिएको छ ।पश्चिम नवलपरासीमा स्कीम श्रेष्ठलाई पठाइएको छ ।

धादिङमा राजेन्द्रदेव पाण्डे, काभ्रेमा सूर्य प्रसाद सेढाईं, बर्दियामा रुद्रादेवी शर्मा, इलाममा कल्पना श्रेष्ठ, चितवनमा ईन्द्रदेव यादव र सिन्धुपाल्चोकमा भुपेन्द्र थापालाई सरुवा गरिएको छ ।

मकवानपुरमा तिर्थराज चिलुवाल, अरुण पोखरेललाई नवलपरासी पूर्व र विष्णुप्रसाद कोइरालालाई पाँचथरको प्रजिअमा पदस्थापना गरिएको छ । कास्कीमा भरतमणि पाण्डे, चितवनमा इन्द्रदेव यादव र मकवानपुरमा तीर्थराज चिलवाल प्रजिअ बनेका छन् ।