Sunday, July 21, 2024

मेलौलीबाट शैक्षीक भ्रमणमा गएको बस दुर्घटना, १३ जना घाईते

प्रकाशित:

महेन्द्रनगर । मेलौली नगरपालिकाबाट शैक्षीक भ्रमणको लागि गएको बस दुर्घटनामा परेको छ। मणिलेक नमुना माविबाट शैक्षिक अवलोकन भ्रमणका लागि गएको ना ८ ख ६३६१ नम्बरको बस बुधबार बिहान ०५ः४५ बजेतिर दुर्घटनामा परेको हो।

बर्दियाको पूर्ब पश्चिम राजमार्ग अन्तर्गत ठाकुरबाबा नगरपालिका ४ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख ९डिएसपी० तुल्सीराम अर्यालले बताउनुभयो। सडक किनारमा रोकिराखेको ट्रकमा बस ठोक्किएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

दुर्घटनामा परी १३ जना समान्य घाईते भएका छन। घाईते मध्ये ५ जनाको नेपालगन्जमा उपचार भईरहेको जनाएको छ। बसमा ४२ जना सवार रहेको थिए। बस मंगलबार मेलौलीबाट शैक्षिक अवलोकन भ्रमणका लागि चितवन तर्फ हिडेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार