Saturday, July 27, 2024

कञ्चनपुरमा यू-१५ जिल्ला स्तरिय बुद्धिचाल छनौट प्रतियोगिता सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा यू–१५ जिल्ला स्तरिय बुद्धिचाल छनौट प्रतियोगिता सम्पन्न भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा आयोजना गर्ने (यू–१५) जुनियर खेल प्रतियोगितामा प्रदेश खेलकुद परिषद र जिल्ला खेलकुद संघबाट आयोजित (यू–१५) जुनियर बुद्धिचाल खेलाडी छनौट प्रतियोगितामा मंगलबार कञ्चनपुर जिल्लाको खेलाडी छनौट पक्रिया सम्पन्न भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उक्त प्रतियोगितामा यू–१५ का जम्मा पुरुष तर्फ २२ जना र महिला तर्फ ७ जना खेलाडी सहभागी भएका थिए । उक्त खेलमा निम्न खेलाडीहरुको छनौट भएको व्यहोरा जानकारी गराइन्छ ।
छात्र तर्फः
१. आयुश कुमार महरा (इन्टरनशनल पब्लिक स्कुल)
२. आयुश पन्त (पुर्णा मावि)
३. शुभम जोशी (लिटिल बुद्ध एकेडेमी)
छात्रा तर्फः
१. ईशिका भट्ट (ज्ञान बाटिका)
२. पलक लुहार (न्यू सरस्वती)
३. सनम जोशी (लिटिल बुद्ध एकेडेमी)
उक्त बुद्धिचाल छनौट प्रतियोगितामा पनि छात्रतर्फ ईन्टरनशनल पब्लिक स्कुलका आयुश कुमार महरा कक्षा १० मा अध्ययनरत छन् । पुर्वका प्रतियोगिताहरुमा पनि इन्टरनशनल पब्लिक स्कुलले आफ्नो वर्चस्व कायम राख्दै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार