Saturday, July 27, 2024

पर्यटन पर्वद्धनको पखाईमा कञ्चनपुरको दोधारा चाँदनी

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनीमा पर्ने कुतियाकवरमा झोलुङ्गे पुल हेर्न दैनिक सयौंको संख्यामा भारतीय पर्यटकहरुको घुइचो लाग्ने गरेको छ । महाकाली पारीको बस्ती दोधारा चाँदनी, त्यस भन्दापनि पारीको नेपाली भूमि कुतियाकवर हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा–चाँदनी नगरपालिकामा पर्ने उक्त कुतियाकवर वस्तीलाई जोगबुडा नदीले छुट्ट्याएको छ । उक्त दोधारा–चाँदनी र कुतियाकवर बस्तीलाई जोड्न जोगबुडा नदीमाथिको झोलुङ्गे पुलको अवलोकनको लागी भारतीय नजिकका गाउँबस्तीबाट दैनिक सयौंको संख्यामा पर्यटकहरु आउने गरेका छन् ।

उक्त झोलुङ्गे पुलमा महाकाली तथा जोगबुडा नदीको हावा खान समेत भारतीय गाउँ–सहर नौजलिया, गबिया, कलौनी, राम नगर, पुरनपुर लगायतबाट दैनिक सयौंको संख्यामा पर्यटकहरु आउने गरेको कुतियाकबरमा स्थानीय खड्के बुढाले बताए ।

उक्त स्थानमा स्थानीय सरकारले पर्यटक पर्वद्धन तथा बजार बिस्तारका लागि पहल गर्न सकेको छैन् । दोधारा चाँदनी क्षेत्रको पर्यटन पर्वद्धनका लागि स्थानीय पालिका सरकारले पहल चाल्नु आवश्यक देखिन्छ ।

दोधारा चाँदनी क्षेत्रमा यस्ता थुप्रै पर्यटकीय स्थलहरु छन् । यसबाट राम्रो आय आर्जन समेत गर्न सकिन्छ । दोधारा चाँदनी क्षेत्रलाई महेन्द्रनगर संग जोड्ने एसियाकै दोस्रो लामो झोलुङ्गे पुलमा दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु अध्ययन अवलोकका लागि आउने गरेका छन् ।

त्यस्तै महाकाली नदी माथि बन्न लागेको चार लेनको पक्की पुलले पनि पर्यटकहरुलाई तानिरहेको छ । निर्माण प्रक्रिया अघि बढिसकेको सुदूरपश्चिम प्रदेशकै गौरवको परियोजना दोधारा चाँदनी सुख्खा बन्दरगाह संग पर्याप्त सम्भावनाहरु छन् ।

त्यस्तै ताल तलौया, मठ मन्दिरहरु प्रसस्त मात्रामा छन् । तिनीहरुको संरक्षण एवं संर्वद्धन आवश्यक छ । दोधारा चाँदनी नगरपालिका कार्यालय एवंका जनप्रतिनिधिहरुको ध्यानाकर्षण जरुरी छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार