Saturday, July 27, 2024

चुरेको दुर्गमबस्ती आईढुङग्रा गाँउमा पानीको मुहान सरक्षण

प्रकाशित:

महेन्द्रनगर । डडेल्धुरा चुरे क्षेत्रमा रहेको एक दुर्गम बस्तीमा पानीको मुहान सरक्षण गरिएको छ । परशुराम नगरपालिका ८ आईढुङग्रामा खानेपानीको मुहान सरक्षण गरिएको हो । गाँउमा खानेपानीको अभाव भएपछि मुहानबाट फुट्ने पानी सरक्षण गरिएको छ । चुरे सरक्षण सञ्जाल नेपाल (कञ्चनपुर)ले आईढुङग्रा गाँउमा स्थानीयको खानेपानी र करेसाबारीमा सिँचाईका लागि पानी स्टोरका लागि ट्याङकी निर्माण गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बेलौरीगडा खानेपानी आयोजना निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर नेगीले चुरे सरक्षण सञ्जाल नेपालले पानी स्टोरका लागि ट्याङकी निर्मांण गरिदिएको बताए । उनले परम्परागत रुपमा मुल फुटने पानीको मुहान सरक्षणका लागि मुहानबाट पानी स्टोर गर्न ट्याकी निर्माण गरिएको बताए । उनका अनुसार मुल मुहानबाट पाईप जडान गरेर छान्ने र त्यहाँबाट ट्याङकीमा स्टोर गरेर गाँउमा वितरण गरिने बताए । अध्यक्ष नेगीले झण्डै ५ हजार लिटर पानी स्टोर हुने पक्की ट्याङकी निर्माण गरिएको बताए ।

आईढुङग्राका स्थानीय ईन्द्र नेगीले मुहान सरक्षण गरिएपछि ट्याङकीमा स्टोर गरिएको पानी सिधै पाईपबाट घरघरसम्मै जडान गरिएको बताए । ‘पहिले हामीले पानी ल्याउन मुहानसम्मै आउनुपथ्यो, ‘उनले भने, ‘अहिले मुहान सरक्षण गरिएपछि सिधै घर घरमै पुगेको छ, हामीलाई पिउनदेखि दैनिक कामकाज गर्न सुविधा भएको छ ।’ उनले थपगाँउमा यसरी नै पानी विस्तारमा माग अघि सारेका छन ।

चुरे सरक्षण सञ्जाल नेपालका व्यवस्थापक करन भट्टले प्राकृतिक मुहान पहिचान गरेर जनतालाई खानेपानी र घरसायी सहित समान्य कृषि प्रयोजनका लागि सुविधायुक्त बनाउन मुहान सरक्षण गरिएको बताए । उनका अनुसार प्राकृतिक मुहानबाट पानी छानेर सिधै ट्याङकीमा स्टोर गरिएको र त्यहाँबाट वितरण गरिएको बताए । भट्टले तराई भूपरिधी कार्यक्रम(ताल)को सहयोगमा चुरे गाँउमा ट्याङकी निर्माण गरिएको बताए ।

चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले चुरे क्षेत्रमा रहेका नागरिक र चुरेका प्राकृतिक मुहान सरक्षण गरेर जैविक विविधता सरक्षण गर्ने उदेश्यका साथ मुहान सरक्षण गर्दै पानी स्टोरका लागि ट्याङकी निर्माण गरिएको बताए । अध्यक्ष कुँवरले चुरेका प्राकृतिक स्रोत सरक्षण गर्दै नागरिकलाई समेत चुरे सरक्षण प्रर्बद्धनमा टेवा पु¥याउने उदेश्यका साथ ट्याङकी निर्माण गरिएको बताए । उनका अनुसार उक्त पानी स्टोरबाट एकातिर प्राकृतिक मुहान सरक्षण अर्कातिर नागरिकलाई सुविधा भएको छ । चुरेका अन्य गाँउबबस्ती वन जंगलमा रहेका प्राकृतिक स्रोत साधन सरक्षणका थप सरक्षणका कार्यक्रम अघि बढाईने बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार