Sunday, July 21, 2024

कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित शुक्लाफाँटा नगरपालिका–९ का शैलेन्द्रबहादुर सिंहलाई ४ दशमलव ५५ ग्राम लागुऔषधसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

त्यस्तै इलाका प्रहरी कार्यालय ब्रह्रमदेवबाट खटिएको प्रहरी टोलीले भीमत्तद नगरपालिका–९ मटेनाबाट बेदकोट नगरपालिका–८ गैलनदीका प्रकाश टेरलाई पनि लागुऔषधसहित पक्राउ गरेको छ। उनी ४ दशमलव शून्य ७ ग्राम लागुऔषधसहित पक्राउ परेका हुन्।

 

ताजा समाचार

सम्बन्धित समाचार