Sunday, July 21, 2024

मझगाँउ विमानस्थल: काँग्रेस जनप्रतिनिधीद्वारा रक्षामन्त्री र सेनापतिको ध्यानाकर्षण

प्रकाशित:

महेन्द्रनगर । नेपाली काँग्रेसका जनप्रतिनिधीले विमानस्थलको काममा अवरोध नगर्न र सहजिकरणमा जोडदिन आब्हान गरेका छन् ।

बुधवार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले नेपाली सेना लगाएर मझगाँउ विमानस्थलको काममा अवरोध पु¥याएको भन्दै काँग्रेसका जनप्रतिनिधीले रक्षामन्त्री र प्रधासेनापतीको ध्यानाकर्षण गराएका छन ।

भीमदत्त नगरपालिका १६मझगाँउ स्थित बन्द रहेको विमानस्थल पुन संचालनका लागि निर्माण कार्यमा निकुञ्जले सेना लगाएर अवरोध गर्न खोजेको भन्दै काँग्रेस कञ्चनपुरबाट जनप्रतिनिधी एव पुर्वमन्त्रीहरुले रक्षामन्त्री र प्रधासेनापतीको ध्यानाकर्षण गराएका हुन ।

नेपाली काँग्रेसका युवा नेता जनक भट्टले मझगाँउ विमानस्थल शुचारुका लागि काँग्रेस संसदीय दलका प्रमुख सचेतक एव कञ्चनपुर क्षेत्र ३ का ससद रमेश लेखक, जिसस प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगर प्रमुख पदम बोगटी, बेदकोट नगर प्रमुख भोज बहादुर बोहरा सहितका काँग्रेस जनप्रतिनिधीहरुले रक्षामन्त्री हरि उप्रेती र प्रधान सेनापती प्रभुराम शर्माको ध्यानाकर्षण गराउँदै विमानस्थलको काममा अवरोध नगर्न नगराउन आब्हान गरेको बताए ।

कञ्चनपुरबाट निर्वाचित केन्द्रीत ससदले विमानस्थलको काम अवरोध हुँदा समेत भूमिका निर्वाह नगरेको भन्दै व्यक्ति, दलका नेता कार्यकर्ताहरुबाट आवाज उठिरहेका बेला काँग्रेस जनप्रतिनिधीले रक्षामन्त्रीदेखि प्रधान सेनापतीलाई भेटेर विमानस्थलको काममा अवरोध नगर्न र सहजिकरणमा जोडदिन आब्हान गरेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार