भीनपा १८ द्वारा एसएलसी दिएका विद्यार्थीलाई कम्प्युटर तालिम

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ नम्बर वडा कार्यालयले कम्प्युटर बेसिक कोर्स तालिम सञ्चालन गरेको छ।

कम्प्युटर बेसी कोर्स तालिम २०८० सालमा एस. ई ई. दिई बसेका ५० जना दलित, आदिवासी ,विपन्न गैरदलित विद्यार्थीहरुलाई तालिम दिइने १८ नम्बर वडाका वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले बताएका छन् एसइइको रिजल्ट आउने बीचको ग्याप समयको सदुपयोग हुने र बालबालिकाहरु देशका करुणाधार भएकाले बालबालिकाहरुमा लगानी लगाइएको र अबका दिनमा पनि किशोर किशोरीका लागि रचनात्मक किसिमका कार्यक्रम गर्ने अध्यक्ष देवकोटाले बताएका छन।

कम्प्युटर बेसिक कोर्सको तालिम उद्घघाटन समारोहका प्रमुख अतिथि रहेका भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले अहिलेको डिजिटल जमानामा कम्प्युटरको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै कम्प्युटर सिक्ने बालबालिकाहरूलाई ध्यान लगाएर समयको सदुपयोग गर्नु सिकेको ज्ञान, सिपलाई जीवनसँग जोड्नु पर्ने बताए। प्रमुख प्रशासकीय अधिकृत बमले आफूले १८ वर्षको उमेरमा जागिरे भएपछि कम्प्युटर सिकेको समेत स्मरण गराउँदै विद्यार्थीहरूलाई हौसला दिदै आफ्नो समयमा डिजिटलको विकास नभएको दुखेसो समेत सनाए।

विद्यार्थीहरूलाई दैनिककक्षाकोठा उपस्थिति भई सिक्न र समय समयमा अनुगमन गरिने समेत बताएका छन्। उद्घघाटन कार्यक्रममा भीमदत्त नगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य कमला देवकोटा, कार्यपालिका सदस्य सीता भण्डारी, सदस्यहरू पदमबहादुर चन्द, हेम बहादुर बस्नेत, रुपा जैरुको समेतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन भीमदत्त नगरपालिका १८ नम्बर वडाका वडा सचिव दिेनेश राज भट्टले गरेको थिए।

सचिव भट्टका अनुसार आर्थिक वर्ष २०८० र२०८१ को रु। २ लाख वडाको बजेटबाट कम्प्युटर बेसी कोर्स सम्बन्धी तालिम सञ्चालन भएको सचिव दिनेशराज भट्टले बताए। भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालको आर्थिक सहयोगमासञ्चालन भएको तालिमको सहजीकरण साक डिजिटल युनिभर्सिटीले गरेको छ भने प्रशिक्षक दोय, गणेश जोशी र जनक भट्ट रहेका छन्।

 

ताजा समाचार

सम्बन्धित समाचार